इन्द्र हेल्थ क्लिनिक भैरहवाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

रुपन्देही खबर , ८१९  पटक हेरिएको

भैरहवा, माघ १६

स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको इन्द्र हेल्थ क्लिनिक सिद्धार्थनगर भैरहवाले स्वास्थ्य शिविर सम्पन्न गरेको छ । इन्द्र हेल्थ क्लिनिकको आयोजना तथा सहाबुदिन मलिकको सहयोगमा आज गैैडहवा २ ननौलीमा स्वास्थ्य शिविर गरिएको हो ।

शिबिरमा मधुमेह तथा ब्लड प्रेसर निशुल्क परिक्षण तथा परामर्श गरिएको कन्सल्टेण्ट फिजिसियन डा. रणधिर यादवले जानकारी दिनु भएको छ । स्वास्थ्य शिविरमा २५० जनाले स्वास्थ्य जाच गराएका छन भने बिरामीहरुलाई निशुल्क औषधी समेत बितरण गरिएको थियो ।

पछिल्लो समय इन्द्र हेल्थ क्लिनिक भैरहवा समुदायस्तरमा गएर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २०२४-०१-३० , समय : २२:३२:४७ , २ महिना अगाडि