उर्मिला यादव यात्री , २५२ पटक हेरिएको
सुनवल, माघ २४
पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकबि देवकोटा नमुना माध्यमिक बिद्यालय सुनवल ४ ले ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाउदै छ । बिद्यालयले माघ २२ गते देखि २६ गते सम्मका बार्षिकउत्सवका लागि बिशेष कार्यक्रमको आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । बिद्यालयले बार्षिकोत्सवको अवसरमा माघ २२ गते बिद्यालय सरसफाई , आन्तरिक कक्षागत खेलकुद तथा बिभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।
भने माघ २३ गते बिद्यालय देखि सुनवल चोक सम्म सरसफाई कार्यक्रम समेत सम्पन्न गरेको छ । यस्तै गरी आज सुनवल चोक देखी प्रभातफेरी सहित बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरीने बार्षिकोत्सव मुल समारोह समितीका अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनु भएको छ ।
यस्तै गरी २५ गते बिबिध सास्कृतिक कार्यक्रम सहित बिभिन्न बिधाका खेलकुद प्रतियोगितामा बिजेता भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । माघ २६ गते अभिभावक भेला सहित समुदघाटन, सम्मान तथा पुरस्कार बितरण, बिबिध सास्कृतिक कार्यक्रम गरिने बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अर्यालले जानकारी दिनु भएको छ ।
अभिभावक र बिद्यार्थीसंग केन्द्रित भएर यस पटकको बार्षिकउत्सवको कार्यक्रम आयोजना गरिएको छ भने बिद्यालयमा गुणस्तरी शिक्षा प्रदान गर्ने र बिद्यालयको गरिमा थप बढाउने उदेश्यका साथ ब्यवस्थापन समितीले काम गर्दै आएको बिद्यालयका प्रध्यानाध्यापक खेमलाल शर्माले बताउनु भएको छ ।
बिद्यालयमा ल्याब सहितको होटेल म्यानेजमेन्ट लगायतका बिषयहरु थप गरिएकोले बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढदै गएको छ । बिद्यालयमा कोरिबाटी अभियान, उत्कृष्ठ बिज्ञान बिषयका ल्याब सहित पढन पाठन हुदै आएको छ भने यस बिद्यालय गत बर्ष प्रदेश सरकारबाट उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत समेत भएको अर्यालले जानकारी दिनु भएको छ । यस बिद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलकुद क्षेत्रमा पदक प्राप्त बिद्यार्थीहरु उत्पादन गर्नुका साथै अतिरिक्त क्रियाकलापका हरेक क्षेत्रमा अब्बल बिद्यार्थीहरु उत्पादन गर्न सफल भएको छ । बिद्यालयको शैक्षिक ज्ञानले मात्र बिद्यार्थी पुर्ण नहुने भएकोले हरेक क्षेत्रबाट बिद्यार्थीमा भएको खुबी अनुसार त्यसलाई कसरी अगाडी ल्याउन सकिन्छ भन्ने उदेश्यका साथ बिद्यालयले काम गर्दै आएको छ ।
यस बिद्यालयले कक्षा ९ र १० का बिद्यार्थीहरुलाई स्मार्ट क्लास संचालन गर्नुका साथै यस बिद्यालयको शैक्षिक गुणस्तरमा बिशेष ध्यान दिदै आएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अर्यालले जोड दिनु भयो ।
बि.स. २०१६ सालमा सरस्वती प्रा.बि.को नामबाट तत्कालिन सुनवल गाबिस वडा नम्बर १ मा स्थापित भएको यस बिद्यालयले हाल तीन ठाउबाट संचालित रहेको छ । सुनवल वडा नम्बर ४ मा मुख्य बिद्यालय रहने गरी सुनवल १० र १ मा प्राबिधिक शिक्षा संचालन हुदै आएको छ । हाल बिद्यालयमा २२ सय २५ जना बिद्यार्थी अध्ययनरत रहेका छन । माबि स्तरका १३ वटा बिद्यालय मध्ये महाकबि देवकोटा नमुना माबिमा सबैभन्दा बढी बिद्यार्थी अध्ययनरत रहेका छन । २४ जना कर्मचारी सहित १०७ जना शिक्षक, शिक्षिका कार्यरत रहेको बिद्यालयमा ८० जनालाई आन्तरिक स्रोतबाट ब्यवस्थापन गरी तलब सुबिधा दिदै आएको छ ।
महाकबि देवकोटा नमुना मा.बि.ले ६४ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाउदै

प्रकाशित मिति: २०२४-०२-०७ , समय : ०६:३६:०१ , ७ महिना अगाडि