तिलोत्तमा १३ छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिता सुरु

रुपन्देही खबर , २५५  पटक हेरिएको

भैरहवा, फागुन १०

रुपन्देहीको तिलोत्तमा १३ करौजीयामा बुधबारबाट सुरु भएको छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिता २०८० शुद्दोधन गाउँ पालिका फर्साटिकर विजयी भएको छ । स्वः खगी गुरुङसेनीको स्मृतिमा न्यु सिर्जना युवा कल्ब करौजियाको आयोजनामा खेल भइरहेको छ । बुधबारको उद्घाटन खेल सिद्धार्थ कल्ब चपरहट्टी र शुद्धोधन गाउपालिका शुद्धोधनवीच भएको हो । खेलको अन्तिम समयसम्म दुबै टिम बाट कुनै पनि गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा २ गोलका विरुद्ध ४ गोल गर्दै शुद्धोधन गाउँ पालिका फर्साटिकर बिजयी भएको छ। यस्तै शुद्धोधन गाउँ पालिका फर्साटिकरका गोल किपर सौरभ गिरि आजको खेलको म्यान अफ द म्याचभएका छन् । येस्तै बिहीवार को खेल झरना स्पोर्ट कल्ब कुन्जलापुर भर्सेज सन्जिवनि युवा कल्ब देविनगर वागधुरा विच हुनेछ । बुधबारदेखि सुरु भएको नक आउट फुटबल प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देबि चौधरीले खेलाडी लाई फुटबल दिएर गर्नु भएको थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सह प्रयोजन रहेकोे छ ।

खेलबाट स्थानिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष सोवित थापा दर्लामीले जानकारी दिनु भएको छ ।प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ ।

खेल हेर्ने दर्शकका लागी क्वाटर फाइनलसम्म रु ५० र सेमिफइनलमा रु १०० टिकट रहेको छ भने महिला, वालवालिका र वृद्धलाई प्रवेश निशुल्क रहेको कल्बका प्रचारप्रसार संयोजक तथा सल्लहाकार धनबहादुर चौधरीले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-२२ , समय : १२:२६:४३ , ८ महिना अगाडि