वर्तमान परिस्थिती र नेपालीबिशेषताको समाजबाद बिषयक अन्तरक्रिया भैरहवामा सम्पन्न

उर्मिला यादव यात्री , ३०९  पटक हेरिएको

भैरहवा, फागुन ११

नेपाल कम्युनिष्ट पार्टी दक्षिण रुपन्देहीले वर्तमान परिस्थिती र नेपाली बिशेषताको समाजबाद बिषयक अन्तरक्रिया कार्यक्रम आज भैरहवामा सम्पन्न गरेको छ । नेकपा दक्षिण रुपन्देहीका सेक्रेटरी नबिन सीको अध्यक्षता तथा नेकपा पोलिट ब्युरो सदस्य तथा समाजवादी मधेशी मुक्ति मोर्चाका केन्द्रिय संयोजक बिनोद सीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेकपा पोलिट ब्युरो सदस्य तथा समाजवादी मधेशी मुक्ति मोर्चाका केन्द्रिय संयोजक बिनोद सीले बास्तबिक किसानका र श्रमिकका बिषयलाई उठान गर्न आग्रह गर्नु भएको छ । उहाले बैज्ञानिक समाजबादलाई नेपालीकताको समाजबाद भन्ने बित्तिकै कस्तो समाज बनाउने बिषयमा गहन छलफल गर्न आवश्यक रहेको बताउनु भएको छ ।

उहाले कम्युनिष्टहरुले नेतृत्व गरे मात्र सबैलाई फाइदा हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले अहिले र पहिलेका सत्ताधारीले काठमाडौँमा आफै विदेश पठाउने म्यानपावर खोलेर युवालाई बिदेश पलायनका लागि बाध्य पारिएको धारणा व्यक्त गर्नुभयो । उहाले ‘वर्तमान सत्ताले किसान र मजदुरको पक्षमा सही नीति ल्याउन नसकेको बताउदै देशमा दलाल पुँजीवाद हावी हुँदा उद्योगधन्दा टाट पल्टिएको बताउनु भयो । उहाँले देशमा अग्रगामी परिवर्तन ल्याउनका लागि वामपन्थी र देशभक्त शक्तिहरूलाई एकजुट बनाएर लैजानु पर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पार्नुभएको थियो ।


उहाले आफु बदलिए मात्र अरुलाई बदल्न सकिने बताउनु भयो । उहाले श्रममा आधारित जनता बनाउनेमा जोड दिदै नेपालमा श्रम पाए बिदेश जानु आवश्यक नपर्ने उल्लेख गर्नु भयो । उहाले नेपालमा राजनितीक द्धन्द्ध रहेको बताउदै यसले गर्दा पनि नेपालमा अग्रगामी परिवर्तन ल्याउन नसकेको गुनासो गर्नु भएको थियो । ।
यस्तै गरी कार्यक्रममा बिशिष्ठ अतिथी नेकपा सिसीएम तथा धौलागिरी ब्युरो इन्चार्ज बिकिरण सी ले नेपाली समाजको निकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाले वर्तमान परिस्थिती र नेपालीबिशेषताको समाजबाद बिषयक अन्तरक्रिया हरेक स्थानिय तहमा गर्दै आएको समेत जानकारी दिनु भएको छ । उहाले पछिल्लो समय राजनितीक पार्टीका नेतृत्वकर्ताले आर्थिक संकटको बिषयमा आवाज नै नउठाएको बताउनु भएको छ । उहाले आजको आवश्यकताको बिषयमा छलफल गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाले नेपाली जनताका समस्या र उनीहरुको आकंक्षाका बारेमा कसैले पनि चासो नदिएको गुनासो गर्नु भयो । सबै राजनितिक पार्टीले आफनो मात्र डम्फु बजाएर आफना मात्र समस्या बिस्तार गर्दै आएको बताउनु भएको छ । उहाले आज नेपाली र नेपाली समाज संकटमा रहेको बताउनु भएको छ । राजनितीक ब्यवस्था र प्रणाली प्रति नेपाली जनता सन्तुष्ट छन कि छैनन भन्ने कुराको मुल्यांकन गर्नुपर्ने बताउनु भएको छ । उहाले नेपालको जनशक्ति बाहिरी रहदा देशमा आर्थिक संकट पनि बढदै गएको बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा नेकपा दक्षिण रुपन्देहीका सेक्रेटरी नबिन सी ले बोल्दै बैज्ञानिक समाजबादमा जाने तयारी भएको बताउनु भएको छ । उहाले पार्टी भन्दा पनि राष्ट्रिय मुक्तिको लागी एकजुट भएर अगाडी बढनुपर्ने यसबारे सोच्नुपर्ने बताउनु भएको छ । उहाले नेपाली बिशेषताको समाजबाद किन लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । उहाले राजनितिक दलका हरेक ब्यक्तिलाई देशप्रति कुनै सन्तुष्टि नभएको उल्लेख गर्दै दलाल संसदीय ब्यवस्था हाबी भएका कारणले सबैलाई असन्तुष्टिले घेरिहेको बताउनु भयो । उहाले देशका नागरिक आत्मनिर्भर भए मात्रै देशको अवस्थामा परिर्वतन ल्याउन सकिने बताउनु भयो ।

कार्यक्रममा अनेम संघ क्रान्तिकारी पुर्वी लुम्बिनी ब्युरो संयोजक तथा नेकपाका केन्द्रिय जनप्रतिनिधी सदस्य उषा सी को स्वागत मन्तब्य रहेको कार्यक्रममा जनता समाजबादी पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादव, नेपाल एकता समाज अभियानका सिसीएम राधेश्याम गुप्ता, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार बद्रे आलम, नेपाल समाजवादी पुर्व राष्ट्रिय सेवक संघका केन्द्रिय अध्यक्ष शोभाकान्त नेपाल, एमालेका जिल्ला सचिवालय सदस्य शंकर ज्ञवाली, नेकपा माओवादी केन्द्रका क्षेत्रिय इन्चार्ज डार्बिन लगायतले नेपाली बिशेषताको समाजबादका बिषयमा लिखित धारणा आएको भए यस बिषयमा छलफल गर्न सहज हुने आ आफनो धारणा राख्नु भएको थियो भने कार्यक्रम संचालन नेकपा दक्षिण रुपन्देहीका जिल्ला सदस्य तथा सिनपा नगर इन्चार्ज योगेन्द्र सी ले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-२३ , समय : २१:२९:५४ , १० महिना अगाडि