तिलोत्तमा १३ मा छैठौ न्यु सृजना कप फुटबल प्रतियोगिता आज पनि जारी

रुपन्देही खबर , १७७  पटक हेरिएको

भैरहवा, फागुन १३

रुपन्देही तिलोत्तमा नगरपालिका १३, करौजिया खेलमैदानमा स्व. खगी गुरुङसेनी स्मृति छैठौ न्यु सृजना कप फुटबल प्रतियोगिता चलिरहेको छ । आइतबारको खेल आयोजक न्यु सृजना युवा क्लब भर्सेज नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल बिच दिउँसो २ः३० बजे न्यु सृजना खेल मैदान करौजियामा हुने क्लवका खेल संयोजक सेर बहादुर गुरुङले जानकारी दिनु भएको छ । स्थानिय खेलाडि उत्पादनमा जोड दिनका लागि स्वः खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न हुन लागेको हो । उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । १६ टीम सहभागी रहेको खेल फागुन २६ गतेसम्म चल्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-२५ , समय : ०९:१३:३२ , ५ महिना अगाडि