रुपन्देहीका ९ वटा पालिकामा दादुरा–रुबेला खोप लगाइदै

रुपन्देही खबर , ३८९  पटक हेरिएको

भैरहवा, फागुन १३

रुपन्देहीका ९ वटा पालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । जिल्लामा रहेका १६ वटै पालिकामध्ये पहिलो चरणमा ९ वटा पालिका अन्तरगतको स्वास्थ्य शाखाको संयोजनमा पालिकाले तोकेका खोप केन्द्रमार्फत खोप लगाइँदैछ । 

रुपन्देहीमा सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, गैडहवा र ओमसतिया गाँउपालिकामा दादुरा रुबेलाविरुद्धको खोप लगाइँदैछ । 

बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा रहेको प्रगति माविबाट सुरु गर्दैछ । यता सियारी गाउँपालिकाले सियारी–४ स्थित छपिया आधारभूत विद्यालयबाट कार्यक्रम सुरु गर्न लागेको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिनु भएको छ ।

पहिलो चरणमा आजदेखि १७ गतेसम्म खोप लगाइँदैछ भने दोस्रो चरणमा २० देखि २४ गतेसम्म लगाइँदैछ ।

प्रकाशित मिति: २०२४-०२-२५ , समय : १०:२८:४७ , ९ महिना अगाडि