तिलोत्तमामा छैठौं न्यु सिर्जनाकप नक आउट फुटबल प्रतियोगिता जारी

शुक्रबारको पहिलो क्वाटर फाइनल खेल शुद्धोधन गाउँपालिका फर्साटिकर र तिलोत्तमा ११ बिच हुने

रुपन्देही खबर , २६४  पटक हेरिएको

तिलोत्तमा, फागुन १७

न्यु सिर्जना युवा कल्बको आयोजनामा जारी छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिताको आजको खेलमा माछापुच्छ्रे युवा क्लब पक्लिहवा भर्सेज राधा कृष्णा युवा क्लब दलका वीच प्रतिस्पधात्मक खेल भएको थियो । राधाकृष्ण युवा क्लब दल्का लाई ० को विरुद्ध ३ गोल गर्दै माछापुच्छ्रे युवा क्लबले जित हासिल गरेको छ। आज (विहिवार) को खेलमा माछापुच्छ्रे युवा क्लबका खेलाडी जर्सी नं ७ प्रीन्स गुरुङ्ग म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगीतामा करौजिया टोल बिकास संस्थाका अध्यक्ष छबिराम सोमैले ट्रफी तथा नगद हस्तान्तरण गर्नु भएको थियो । शुक्रबारनको पहिलो क्वाटर फाइनल खेल शुद्धोधन गाउँ पालिका फर्साटिकर भर्सेज तिलोत्तमा ११ बिच कडा प्रतिस्पर्धा हुनेछ । स्व. खगी गुरुङसेनीको स्मृतिमा क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेको प्रतियोगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारी खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०२-२९ , समय : २२:०३:०३ , १ महिना अगाडि