सिसासको २ सय ४२औं नियमित मासिक साहित्यिक सङ्गम भैरहवामा सम्पन्न

रुपन्देही खबर , १७३  पटक हेरिएको

भैरहवा, फागुन २०

सिर्जनशील साहित्यिक समाज सिसास रुपन्देहीको २४२ औ नियमित मासिक साहित्यिक सङ्गम शनिवार भैरहवामा सम्पन्न भएको छ । कमल पोख्रेल निश्छलको अध्यक्षता तथा वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा साहित्यिक सङ्गम सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्यकारहरू युवराज शर्मा खनाल, विजय सगर, उमेशचन्द्र रिजाल ,संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुवास रिजाल यात्री, साहित्यकारहरू अनमोल शर्मा, प्रकाशलाल श्रेष्ठ, मिना क्षेत्री बलाल , संस्थाकी कोषाध्यक्ष सिर्जना खनाल लगायतले रचना वाचन गर्नुभएको थियो ।

प्रत्येक महिनाको तेस्रो शनिवार शहीद स्मृति पुस्तकालयमा सम्पन्न हुदै आएको उक्त कार्यक्रमको संचालन सचिव विष्णु गजुरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-०३-०३ , समय : १०:२६:५३ , १ महिना अगाडि