रामभवन मौर्या , ३५२ पटक हेरिएको
मर्चवार, फागुन २०
प्राइभेट एसोसियसन अफ मर्चवार इंगलिस स्कुल रुपन्देहीले आयोजना गरेको आठौं खेलकुद महोत्सवको एक कार्यक्रमका बिच समापन गरिएको छ । पैमेसका अध्यक्ष जितेन्द्र सिंहको अध्यक्षता तथा लुम्बिनी प्रदेशका समाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक बिकास मन्त्री गुप्ताले शिक्षा क्षेत्रमा लगानी गर्दै मर्चवारको शिक्षा क्षेत्रमा बिकास गर्ने बताउनु भएको छ । उहाले शिक्षा संगै मर्चवारमा ब्यवस्थित खेलमैदानको आवश्यकता भएकोले यस बिषयमा पहल गर्ने बताउनु भएको छ । उहाले हरेक अभिभावक आफना छोराछोरी ध्यान दिन अनुरोध गर्दै मर्चवारलाई आगामी दिनमा नमुना क्षेत्रको रुपमा बिकास गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
गत माघ २५ गतेदेखी संचालन भएको आठौं खेलकुद महोत्सवमा सम्मरीमाइ,मर्चवारी र कोटहीमाइ गाउपालिका भित्रका १७ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । आठौं खेलकुद महोत्सव अन्र्तगत खेलाइएका बिभिन्न खेलहरुमा मर्चवार गोल्डेन ईंगलिस बोर्डिङ स्कुल प्रथम , मर्चवार राइज ईंगलिस बोर्डिङ स्कुल द्धितिय र मर्चवार स्टार ईंगलिस बोर्डिङ स्कुल सम्मरीमाईअ तृतीय भएका थिए । कार्यक्रममा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गरेका बिद्यार्थी तथा बिद्यालयहरुलाई पुरस्कार सहित सम्मान समेत गरिएकोे थियो ।
कार्यक्रममा सम्मरीमाई गाउपालिका वडा नम्बर १ का वडाअध्यक्ष शिव कुमार यादव, लुम्बिनी प्रदेशका प्रदेश सद्स्य कन्हैया बनिया, पैमेसका पुर्बअध्यक्ष गंगाराम गुप्ता, पैमेसका अध्यक्ष जितेन्द्र सिंह, कार्यक्रमका सद्स्य सर्बेन्द्र मौर्या, बिनेश्वरी कोहार लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन सस्थाको कोषाध्यक्ष सुखराम यादवले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२४-०३-०३ , समय : ११:५८:३८ , ८ महिना अगाडि