सिद्धार्थनगरले प्रभातफेरी गर्दै मनायो ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस

उर्मिला यादव यात्री , १७६  पटक हेरिएको

भैरहवा, फागुन २५

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्रभातफेरी कार्यक्रम गर्दै ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । भैरहवाको देवकोटा चोकदेखि निकालिएको प्रभातफेरी कार्यक्रम सिद्धार्थनगर नगरपालिकामा पुगेर कोण सभामा परिणत भएको थियो । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाइले महिला पुरुषले समान अधिकार पाउनुपर्ने र कत्र्तब्य पनि पुरा गर्नुपर्ने बताउनु भएको छ । उहाले यो दुबै कुरालाई संगै लैजान सकेमात्रै ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको उपलब्धी हुने बताउनु भएको छ । उहाले महिला समानताका कुरा भाषणमा मात्रै नभइ ब्यवहारमा उतार्न सके मात्र महिलालाई समान अधिकार प्रदान गर्न सकिनेमा जोड दिनु भएको छ । उहाले महिलाबाट नै महिलाहरु बढी हिंसामा परेको उल्लेख गर्दै महिलाले गर्दा नै महिलाहरु कमजोर भएको बताउनु भयो ।

उहाले ग्रामिण भेगमा अझै पनि छोराछोरी बिच बिभेद रहेको बताउदै यस्ता बिभेदको अन्त्य गर्न हामी आफैबाट सुरुवात गर्नुे पर्ने उल्लेख गर्नु भयो । उहाले छोराछोरी , छोरी बुहारीको बिभेदले पनि महिलाहरु अघि बढन नसकेको बताउनु भएको छ । कार्यक्रममा नगरउपप्रमुख उमा अधिकारीले नेतृत्व तहमा महिलाहरुको सहभागिता नभएकोले यस बिषयमा आन्तरिक छलफल गर्नुपर्ने बताउनु भएको छ । उहाले नेतृत्व तहमा महिलाको अर्थपुर्ण सहभागिता हुनुपर्ने बताउनु भयो ।

उहाले महिलाका लागी तालिम, समानताका कुराहरु भए पनि त्यो अर्थपुर्ण नहुदा महिलाहरु अझै पनि चुलोचौकोमा नै सिमित रहेको बताउनु भएको छ । उहाले संबिधानमा किटान गरिसकेपछि मात्र नेपालमा महिलाहरुले स्थान पाउने भएकोले संबिधानले उल्लेख नगरे सम्म महिलाहरु आफनो अधिकार बाट समेत बन्चित हुनु परेको बताउनु भएको छ ।
उहाले संबिधानमा नलेखिएकै कारण गठबन्धनको सरकारमा महिलाहरुको अर्थपुर्ण सहभागिता नरहेको उल्लेख गर्नु भयो । उहाले महिला र पुरुष बिचको समानताका बिषयमा मन्चमा बसेर जति ठुला गरे पनि त्यो ब्यवहारमा अझै पनि लागु हुन नसकेको बताउनु भयो । उपप्रमुख अधिकारीले महिलाहरुको हरेक क्षेत्रमा सहभागिता भए पनि मंचमा आएर बस्ने महिलाहरु अझै पनि पछि रहेकोले यस बिषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नमुना एकीकृत परिषद् रुपन्देहीकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाको सरसफाइ क्षेत्रमा काम गर्दै आएका श्रमिकहरुलाई खाद्यन्न सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरबाल क्लबका अध्यक्ष उपाध्यक्ष लगायतले आ आफनो रचना प्रस्तुत गर्नु भएको थियो भने नगरपालिकाले नगरबालसंजालका पदाधिकारीहरुलाई समेत सम्मान गरेको थियो ।

प्रभात फेरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका , जिल्ला प्रहरी कार्यालय रुपन्देही ,सिद्धार्थ लेडी नेपाल, सिद्धार्थनगर नगरपालिकाको महिला सामुदायिक स्वास्थ्य स्वयसेबिका ,सामुदायिक मेलमिलाप कर्ता ,आफन्त नेपाल,एकता महिला समुह, नेपाल मगर महिला संघ सिद्धार्थनगर,जागरुक महिला बचत समुह सिद्धार्थनगर ,श्री स्वस्तीक महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड लगायतका संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-०८ , समय : १६:०२:४० , १ महिना अगाडि