विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ सार्वजनिक

रुपन्देही खबर , १०६  पटक हेरिएको

काठमाडौं,चैत १३

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखी रहु आँखामा’ श्रोता/दर्शकमाझ आएको छ । उपाध्यायकै स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश विष्टको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा मञ्जु खड्का क्षेत्री र रमेश थापालाई फिचरिङ गरिएको छ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफा भित्र छायांकन गरिएको गीतको भिडियोमा विनोद तामाङले खिच्नुभएको हो भने पदम सुवेदीको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

डा.उपाध्यायले विभिन्न विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

प्रकाशित मिति: २०२४-०३-२६ , समय : १३:०२:३३ , ३ हप्ता अगाडि