रुपन्देहीमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न एक जना पक्राउ

रुपन्देही खबर , ४०७  पटक हेरिएको

भैरहवा, चैत १६

रुपन्देही प्रहरीले कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका वडा नंम्बर ७ रामजानकी टोल बस्ने २९ बर्षिय प्रभुनाथ थारु रहेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी मनोहर प्रसाद भट्टका अनुसार २०८० चैत्र १३ गते राती अन्दाजी १२.३० बजेको समयमा सुद्धोधन गाउँपालिका वडा नंम्बर ६ घर भई हाल जिल्ला रुपन्देही सियारी गाउँपालिका वडा नंम्बर ७ रामजानकी टोल स्थित चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी ७० बषीर्य उजेली लोध आफ्नै कोठामा सुतिरहेको अवस्थामा प्रभुनाथ थारुले कुटपिट गरी घाईते बनाएका थिए । इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट प्रहरी निरीक्षक लोक बहादुर जि.सी.को कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर घाईते लोधलाई उद्धार गरी उपचारका लागी भिम अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न ब्यक्तिको पहिचान एवम खोजलतास गर्दे जाने क्रममा थारुलाई उनकै घरबाट हतौडा सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका थारुलाई थप अनुसन्धान तथा कारवाहीका लागी अदालतबाट १० दिनको म्याद थप गरी घटना बाारेमा आवश्यक अनुसन्धान भईरहेको छ डिएसपी भटटले जानकारी दिनु भएको छ । उहाका अनुसार मृतक लोध बिगत २ बर्ष देखी छोरी ज्वाई संगै बस्दै आएकी र प्रभुनाथ आफ्नो घरमा आउदा जादाँ मृतकले बाटोमा होच्याउने र गाली गर्ने लगायत बिषयमा पटक पटक बिवाद हुदै आएकोले चैत १२ गते होलीको दिन मृतकले पुन हेपेर, होच्याएर, गाली गरेको भन्दै प्रभुनाथले रिसिबिका कारण थारुले फलामे हथौडा लिई मृतक सुतेकै ठाउमा गई हथौडाले कुटपिट गरी फरार भएका खुलेको छ । घटना भएको २ घण्टा भित्र प्रभुनाथ थारुलाई उनकै कोठाबाट घटनामा प्रयोग भएको हथौडा सहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : ०५:२८:१८ , ७ महिना अगाडि