कबिता :तिम्रो लागि उपहार पठाएको

गोबिन्द राज ओझा (राजन) , २२०  पटक हेरिएको

डोटी,चैत २९

तिम्रो लागि उपहार पठाएको छु साथीको साथमा
भेट हुन्छ होला देउरालीको त्यो चौतारीमा

प्रभातको पहिलो किरण परेछ पहाडको चुचुरोमा
पिरती थियो मनमा बस्नुपर्‍यो टाढा टाढा सहरमा
गाउँ देखि टाढा उनी देखि टाढा म हाँसूँ कसरी
मन भरी माया बोकेको मान्छे आशु झर्‍यो कसरी

खबर पठाउँछ कि कसैले भन्ने कुरा सोच्छु
सपनामा सधैँ जसो सम्झने गर्छु
तिम्रो लागि उपहार पठाएको छु साथीको साथमा
भेट हुन्छ होला देउरालीको त्यो चौतारीमा

प्रकाशित मिति: २०२४-०४-११ , समय : ०९:३७:२४ , १ महिना अगाडि