नवलपरासीको सुनवलमा खुल्यो तिरुपति मार्ट र्स्केट ल्यान्ड

रुपन्देही खबर , ४००  पटक हेरिएको

सुनवल, बैशाख १

पश्चिम नवलपरासीको सुनवल बजारमा नया बर्षको प्रारम्भ संगै तिरुपति मार्ट र्स्केट ल्यान्ड संचालनमा आएको छ । पार्कको समाजसेवी भरत थापाले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ । पछिल्लो समय बालबालिकामा मोवाइलको लत बढदै गएकोले उनीहरुलाई खेलतर्फ आकर्षित गर्नका लागी सुनवलमा तिरुपति मार्ट र्स्केट ल्यान्ड संचालनमा ल्याइएको संचालक थापाले बताउनु भएको छ ।

उहाले यस खेलले बालबालिकामा शारीरिक स्फुर्ती बढने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले सुनवलमा संचालन गर्नुको मुख्य उदेश्य नै यहाका बालबालिकाहरु खेल खेल्नका लागी बाहिर जानुपर्ने अवस्थाको मध्यनजर गर्दै अभिभावकहरुको रुचि र माग अनुसार नै तिरुपति मार्ट र्स्केट ल्यान्ड संचालनमा ल्याएको बताउनु भएको छ ।

तिरुपति मार्ट र्स्केट ल्यान्डमा बालबालिकाहरुलाई खेल खेल्नका लागी बैशाख १५ गते सम्मका विशेष छुट प्रदान गरिएको र टिकटको १ सय रुपैया शुल्क निर्धारण गरिएको संचालक थापाले बताउनु भयो ।

सुनवल बजारमै पहिलो पटक तिरुपति मार्ट र्स्केट ल्यान्ड संचालनमा आएपछि रुचि राख्नेहरुले सिक्ने र खेलमा सहभागी जनाउने संचालकहरुको अपेक्षा रहेको छ । खेल सिकाउनका लागी अनुभवी प्रशिक्षक संगै सम्भाबित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामग्री प्रयोगको ब्यवस्था गरिएको संचालक थापाले बताउनु भयो ।

समाजसेवी बिष्णु पौडेलले सुनवलमा तिरुपति मार्ट र्स्केट ल्यान्ड संचालन हुनु सुनवल बासीको लागी खुसीको बिषय भएको बताउनु भएको छ । उहाले छोटो समयमा यो संचालन भएकोले यहाका बालबालिकाहरु खेल खेल्नका लागी बाहिर जानुनपर्ने बताउनु भयो । उहाले यो खेल नया पिढीका लागी अति आवश्यक भएकोले बालबालिकाहरुलाई यस खेलप्रति रुचि देखाउन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०४-१३ , समय : २१:५०:४६ , ५ महिना अगाडि