सिद्धार्थ साहित्य परिषदको नियमित मासिक संगम सम्पन्न

रुपन्देही खबर , ५६८  पटक हेरिएको

भैरहवा, ४ असार

सिद्धार्थ साहित्य परिषदको २ सय ५९ औं नियमित मासिक संगम सम्पन्न भएको छ । सिद्धार्थ साहित्य परिषदको सिद्धार्थनगर नगरपालिका वडा नं ९ आफ्नै कार्यालयमा भएको कार्यक्रमका प्रमुख अतिथि युवा कवि शशि पन्थीले सिद्धार्थ साहित्य परिषदले नेपाली भाषा, साहित्यको क्षेत्रमा अतुलनीय योगदान गरेको बताउनु भएको छ ।

 

सिर्जनशील साहित्यिक समाज(सिसास) का अध्यक्ष समेत रहेका पन्थीले सिद्धार्थ साहित्य परिषदले नियमित मासिक संगमका साथै नेपाली भाषा, साहित्य, कला संस्कृतिमा कलम चलाउनेहरु सयौं ब्यक्तिलाई पुरस्कार गरिसकेको, साहित्यमा खोज अध्ययन अनुसन्धान गरि नेपाली साहित्यको संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ ।

यस जिल्लामै धेरै साहित्यिक संस्थाहरू छन्, नियमित मासिक साहित्यिक संगम, कृति प्रकाशन, पुरस्कृत गर्ने साहित्यिक संस्था कम छन् पन्थीले भन्नु भयो सिद्धार्थ साहित्य परिषद सवै काममा कृयाशील र अग्रस्थानमा रहेको छ ।

भाषा साहित्यको क्षेत्रमा काम गर्ने सिद्धार्थ साहित्य परिषद एउटा खुल्ला बिश्वबिद्धालय समेत भएको पन्थीको तर्क थियो ।

प्रत्येक महिनाको पहिलो शनिबार हुने नियमित मासिक संगममा सिद्धार्थ साहित्य परिषदका कोषाध्यक्ष सीता काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार साहित्यकार बालकृष्ण भट्टराईले बाचित रचनाहरुको समीक्षा गर्नु भएको थियो ।

परिषदका सल्लाहकार प्राज्ञ बुंद रानाले सिद्धार्थ साहित्य परिषदले अनबरतरुपमा मासिक संगम गरी भाषा साहित्यको संरक्षण गरेको बताउनु भएको छ ।

साहित्यकार तथा परिषदका सल्लाहकार प्राडा कपिलदेब लामिछानेले सिद्धार्थ साहित्य परिषदले आफ्ना साहित्यिक गतिविधिहरु नियमित रुपमा गरेको बताउंदै नेपाली भाषाको क्षेत्रमा काम गर्ने साहित्यिक संस्थाहरुलाइ स्थानिय सरकारले सहकार्य गरी सहयोग गर्नु पर्ने वा संस्थालाइ अनुदानकारुपमा सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा साहित्यकारहरु रुद्र ज्ञवाली, दिपक प्रधान, लता प्रधान, सिसासका उपाध्यक्ष कमल पोख्रेल, हिरालाल धामी, लक्ष्मी प्रसाद अधिकारी, तिलक लामिछाने, सनत कुमार श्रेष्ठ, बासुदेव पोख्रेल, माया गौतम, कृष्ण भट्टराई, भबिस्वर पंगेनी लगायतले कविता, गीत, गजल, कथा बाचन गर्नु भएको थियो ।

 

सिद्धार्थ साहित्य परिषदका सह सचिब कृष्ण प्रसाद बस्यालको स्वागत मन्तव्य र सचिब लक्ष्मी प्रसाद अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२२-०६-१८ , समय : १९:०२:४५ , २ वर्ष अगाडि