रुपन्देही खबर , ६०४ पटक हेरिएको
कावासोती , असार ४
पर्वतबाट कावासोती आएर बसोबास गर्दै आएका कावासोती बासिको आजको प्रारम्भिक भेलाले कावासोती नगर स्तरीय तदर्थ समिती गठन गरेको छ।आज गगन कुमार न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती तथा झपेन्द्रस्वर भुसालको नेतृत्वमा २१ सदस्यीय सल्लाहकार समिती गठन गरिएको हो ।त्यस्तै आज गठन नगर समिती अन्तर्गत गठन भएको युवा विभागको संयोजक कृस्ण भुसाल,महिला विभाग संयोजक पुस्पा बस्याल,सुचना प्रविधी विभाग रामु काफ्ले ,वैदेशीक रोजगार विभाग प्रमुखमा रमाकान्त काफ्ले रहनु भएको छ भने आर्थिक तथा वित्तीय व्यवस्थापन संयोजकक रुपमा यम न्यौपाने रह्नु भएको छ ।
पर्वत कावासोती समाजको कतिपय वडा तथा पदाधिकारी भुगोलको आधरमा परिपुर्ति गर्ने हेतुले रिक्त राखीएको तदर्थ समितिका अध्यक्ष गगन न्यौपानेले बताउनु भएको छ ।
कावासोती २ मा रहेको शिव सामुदायिक बनको भवन परिसरमा आयोजित कार्यक्रम बाट गठन गरिएको तदर्थ समितिले विधान निर्माण गरि जिल्ला प्रशासनमा दर्ता गर्ने,वडा वडामा रहेका पर्वत मुल घर भएका व्यक्ती तथा संख्या पहिचान गरि तथ्यांक संकलन गर्ने तथा अधिवेशन गरेर आधिकारिक समितिलाइ जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष एवम कार्यक्रममा सहजीकरण गर्नु भएको किरण भुर्तेलले जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति: २०२२-०६-१८ , समय : २२:५७:०० , २ वर्ष अगाडि