बडेरा सामुदायिक बनउपभोक्ता समितीद्धारा बिद्यार्थीहरुलाई झोला बितरण

रुपन्देही खबर , १७२  पटक हेरिएको

नवलपरासी, बैशाख २८

बडेरा सामुदायिक बन उपभोक्ता समिती सुनवल १३ ले श्री सेवासदन प्राथमिक बिद्याल सुनवल १३ बिचैयापुरका बिद्यार्थीहरुलाई झोला बितरण गरेको छ । समितीले आफनो कार्य क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत गरिब तथा बिपन्न समुदायका ७५ जना बिद्यार्थीहरुलाई बिहीबार झोला बितरण गरेको हो ।

बडेरा सामुदायिक बन उपभोक्ता समिती सुनवलका अध्यक्ष मदन पन्थको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण प्रसाद बगालेको प्रमुख आतिथ्यतामा झोला बितरण गरिएको हो । पछिल्लो समय बडेरा सामुदायिक बन उपभोक्ता समितीले गर्दै आएको कामको प्रशंसा गर्दै प्रमुख अतिथी वडा नम्बर १३ का वडाध्यक्ष बगालेले बिद्यार्थीहरुलाई बितरण गरिएको झोलाले बिद्यार्थीहरुमा झन हौसला प्रदान गरेको बताउनु भएको छ । उहाले सामाजिक क्रियाकलापमा सक्रिय भएर काम गर्दै आएको बडेरा सामुदायिक बनउपभोक्ता समितीका पदाधिकारीहरुलाई धन्यबाद दिदै यस्ता सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको थियो ।
बडेरा सामुदायिक बन उपभोक्ता समिती सुनवलका उपाध्यक्ष प्रेम थापको स्वागत रहेको कार्यक्रमको संचालन बडेरा सामुदायिक बन उपभोक्ता समितीका सचिव मोहर चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-१० , समय : १०:२६:२९ , २ हप्ता अगाडि