ज्ञानेश्वर साहनी , ४६० पटक हेरिएको
नवलपरासी, असार ७
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर ३ मा शान्ति निकेतन तेक्वान्दो दोजाङ ले “स्वास्थ्यको लागि खेलकुद;राष्ट्रको लागि खेलकुद”भन्ने मुल नाराका साथ प्रमाण पत्र वितरण कार्यक्रम सम्पन गरेको छ।
शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा आयोजना गरिएको सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम संस्थाका अध्यक्ष प्रभाकर गुप्ताको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक)को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले खेलकुद राष्ट् र स्वास्थ्य दुवैको लागि आवश्यक भएकोले यसलाई अगाडि बढाउन सबैले साथ दिने पर्ने बताउनु भएको छ । गाउँपालिकाले यूवाहरुलाई खेलकुदमा अगाडि बढाउन विभिन्न नीति तथा कार्यक्रम सञ्चालनमा ल्याउने समेत गुप्ताले बताउनु भयो।
त्यस्तै कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रभाकर गुप्ताले यस संस्थाबाट अन्तराष्ट्रिय खेलकूद प्रतियोगिताहरुमा समेत सहभागी भईसकेको बताउनु भयो। भारतको उत्तर प्रदेशको कानपुरमा आयोजना भएको पाँचौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा ९ जना खेलाडी सहभागी भएका थिए यस मध्य ५ जना पहिलो स्थान, २ जना दोश्रो र २ जना तेश्रो स्थान प्राप्त गरेको बताउनु भयो ।
आउदो शनिवार र आईतवार भारतको राजधानी दिल्लीमा आयोजना हुन लागेको प्रतियोगीतामा समेत सहभागी हुने बताउनु भएको छ। यस संस्थाद्वारा आयोजना गरिएको तालिममा ५२ जना रहेको तथा हाल सम्म उत्कृष्ट नतिजा दिँदै आएको जानकारी गराउनु भयो।
कार्यक्रममा पत्रकार गोपी ज्ञवाली,ज्ञानेश्वर सहानी,मन्जुला यादव लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-०६-२१ , समय : ०८:४८:२८ , २ वर्ष अगाडि