सुनवलमा जारी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगितामा आज २ खेल हुदै

उर्मिला यादव , १२८  पटक हेरिएको

सुनवल, जेठ १३

नवलपरासी जिल्ला फुटवल संघ सुनवल १३ नवलपरासीको आयोजनामा सुनवल ३ किर्तिपुरमा जारी नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगितामा आज दुई खेल हुदैछ । आज हुने पहिलो खेल दिउसो २ बजे भैरव स्पोटिंग युवा क्लब भुताहा र राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान बिच खेल हुने आयोजकले जनाएको छ । यस्तै गरी आज दोस्रो खेल फोर ब्रर्दश सरावल र बिग बुद्ध युथ क्लब बिसासय बिच साझ ४ बजे खेल हुने नवलपरासी जिल्ला फुटवल संघका महासचिव सुबिन्द्र कवर योगीले जानकारी दिनु भएको छ । यस्तै गरी शनिबार भएको बिगबुद्ध युथ क्लब बिसासय र सुर्य ज्योती युवा क्लब चिसापानी बिच भएको पहिलो खेलमा बिगबुद्ध युथ क्लब बिसासयले २ गर्दै बिजयी भएको छ भने सुर्य ज्योती युवाक्लबले १ गोल गर्दै हार ब्यर्हाेरेको छ ।

यस्तै गरी शनिबार नै भएको भैरव स्पोटिंगयुवा क्लब भुताहा र जन ज्योती क्लब हर्दिया बिच भएको प्रतिस्पर्धात्मक खेलमा भैरव स्र्पाेट क्लब १ गोल गर्दै बिजयी भएको छ भने जनज्योती क्लबले एक गोल पनि गर्न सकेको थिएन । प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२६ , समय : ११:१७:१४ , १ महिना अगाडि