सुनवलमा जारी फुटवल प्रतियोगितामा सुर्य ज्योती युवा क्लब बिजयी

उर्मिला यादव , १२५  पटक हेरिएको

सुनवल, जेठ १५

नवलपरासी जिल्ला फुटवल संघ सुनवल १३ नवलपरासीको आयोजनामा सुनवल ३ किर्तिपुरमा जारी नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगितामा सुर्य ज्योती युवा क्लब बिजयी भएको छ । सोमबार भएको सुर्य ज्योती युवा क्लब चिसापानी र मनकामना युवा क्लब बिचको पहिलो खेलमा सुर्य ज्योती युवा क्लबले १ गोल गर्दै बिजयी भएको छ भने मनकामना युवा क्लबले कुनै गोल गर्न सकेन ।
यस्तै गरी सोमबार नै भएको जेनिथ युथ क्लब र जन ज्योती क्लब हर्दिया बिच भएको प्रतिस्पर्धात्मक दोस्रो खेलमा दुबै क्लबले एक एक गोल गरी बराबरीमा खेल सकिएको नवलपरासी जिल्ला फुटवल संघका महासचिव सुबिन्द्र कवर योगीले जानकारी दिनु भएको छ ।

यस्तै गरी आज पनि दुई खेल हुदैछ । आज हुने पहिलो खेल दिउसो २ बजे फोर ब्रर्दश एफ सी र सुर्य ज्योती युवा क्लब चिसापानी बिच हुने आयोजकले जनाएको छ यस्तै गरी आज साझ ४ बजे हुन दोस्रो खेल जन ज्योती क्लब हर्दिया र राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान बिच हुने नवलपरासी जिल्ला फुटवल संघका महासचिव कवरयोगीले जानकारी दिनु भएको छ। प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२८ , समय : ०७:२४:०८ , ४ हप्ता अगाडि