सुनवलमा जारी फुटवल प्रतियोगितामा आज खेल सम्पन्न

पहिलो खेलमा सुर्यज्योती युवा र दोश्रो खेलमा राइजिंग स्टार क्लब बिजयी

रुपन्देही खबर , १५१  पटक हेरिएको

सुनवल, जेठ १५

नवलपरासी जिल्ला फुटवल संघ सुनवल १३ नवलपरासीको आयोजनामा सुनवल ३ किर्तिपुरमा जारी नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगिताको पहिलो खेलमा सुर्य ज्योती युवा क्लब चिसापानी बिजयी भएको छ । आज दिउसो फोर ब्रर्दश एफ सी र सुर्य ज्योती युवा क्लब चिसापानी बिच भएको खेलमा सुर्य ज्योतिले एक गोल गर्दै जित हात पारेको छ भने फोर ब्रर्दश एफ सीले खेल अवधी भर गोल गर्न नसके पछि हार ब्यहोरेको हो ।

यस्तै गरी आज साझ भएको दोश्रो खेलमा ५ गोल गर्दै राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान बिजयी भएको छ । दोश्रो खेल जन ज्योती क्लब हर्दिया र राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान बिच भएको थियो । जसमा जन ज्योती क्लब हर्दियाले १ गोल मात्र गर्न सकेको नवलपरासी जिल्ला फुटवल संघका महासचिव सुबिन्द्र कवरयोगीले जानकारी दिनु भएको छ।

यस्तै गरी बुधबार पनि दुई खेल हुदैछ । बुधबार पहिलो खेल दिउसो २ बजे मनकामना युवा क्लब र नमोबुद्ध युवा क्लब बिच हुने आयोजकले जनाएको छ । यस्तै गरी बुधबार साझ ४ बजे दोस्रो खेल जेनिथ युवा र भैरव युवा क्लब बिच हुने नवलपरासी जिल्ला फुटवल संघका महासचिव कवरयोगीले जानकारी दिनु भएको छ। प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२९ , समय : ००:०२:४७ , २ महिना अगाडि