सुनवलमा जारी फुटवल प्रतियोगितामा बुधबार भएको खेलमा मनकामना युवा क्लब बिजयी

रुपन्देही खबर , १५३  पटक हेरिएको

सुनवल, जेठ १७

नवलपरासी जिल्ला फुटवल संघ सुनवल १३ नवलपरासीको आयोजनामा सुनवल ३ किर्तिपुरमा जारी नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा मनकामना युवा क्लब १ गोल गर्दै बिजयी भएको छ । बिग बुद्ध युवा क्लब र मनकामना युवा क्लब बीच भएको खेलमा मनकामना युवा क्लब १गोल गरेको थियो भने बिग बुद्ध युवा क्लब कुनै गोल गर्न सकेको थिएन । यस्तै गरि बुधबार नै भएको दोश्रो खेल बराबरीमा सकिएको छ । भैरब स्पोर्टिङ क्लब र जेनिथ युथ क्लब बिच भएको दोस्रो खेलमा दुबै क्लबले एक गोल पनि गर्न नसके पछि गोल रहित बराबरीमा एक एक नम्बर बाडेका छन ।

यस्तै गरि आज बिहिबार पनि दुई खेल हुँदै छ्न । प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-३० , समय : ०७:१५:५३ , ४ हप्ता अगाडि