गजल : तिम्रो मनमा बस्न देउ न माया

उर्मिला यादव यात्री , २८३  पटक हेरिएको

भैरहवा, जेठ १९

कहिलेकाही तिम्रो मनमा बस्न देउ न माया ।
फुल बनी तिम्रै पाउमा खस्न देउ न माया ।।

अथाह प्रेम संगै यो मुटुमा तिमी ।
तिम्रो मनको बगैंचामा पस्न देउ न माया।।
फुलबनी ……..

पर पर जति जान्छौं भेटिदैनन कोहि ।
पिरतीको हाम्रो डोरी कस्न देउ न माया।।
फुलबनी ……..

अर्को जुनि के हो कुन्नि, कसले देख्या छ र ।
यो जुनीमा तिमी संगै फस्न देउ न माया ।।
फुलबनी ……..

लेखेको मिति : २०८०/०५/२८

प्रकाशित मिति: २०२४-०६-०१ , समय : १२:५८:४४ , ३ हप्ता अगाडि