सिसासको २४५ औं नियमित मासिक साहित्यिक संगम भैरहवामा सम्पन्न

उर्मिला यादव , २४४  पटक हेरिएको

भैरहवा, जेठ १९

सिर्जनशील साहित्यिक समाज सिसास भैरहवा रुपन्देहीको २४५ औं नियमित मासिक साहित्यिक संगम आज एक कार्यक्रमका बिच भैरहवामा सम्पन्न भएको छ । सिर्जनशील साहित्यिक समाज सिसासका अध्यक्ष कमल पोख्रेलको अध्यक्षता तथा कबियत्री निरन्जना चन्दको प्रमुख आतिथ्यतामा २४५ औं नियमित मासिक साहित्यिक संगम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै कबियत्री चन्दले लेखनमा नै शक्ति रहेको बताउनु भएको छ । उहाले लेखनलाई निरन्तरता दिन आग्रह गर्दै साहित्य क्षेत्रमा नै मानसम्मान भएको उल्लेख गर्नु भयो । उहाले पछिल्लो समय महिलाहरु धेरै नै जागरुक भैसकेको बताउदै साहित्य क्षेत्रमा पनि महिलाहरु अगाडी आएकोले महिलाहरुका क्षेत्रमा कलम चलाउन आग्रह गर्नु भएको छ । उहाले आफना रचनाहरुमा सामाजिक परिवेश लगायत देशको अवस्थाहरु चित्रण गर्दै आएको बताउदै समाजमा परिर्वतन ल्याउनका लागी मन र सोच बदल्न जरुरी रहेको उल्लेख गर्नु भयो । कवियत्री चन्दले भैरहवाका स्रष्टासङ्ग भेटघाट हुन पाएकोमा खुसी व्यक्त गर्दै यस्ता साहित्यिक कार्यक्रममा बढीभन्दा बढी नयाँ पुस्ताहरूलाई सहभागी गराउने वातावरण बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले लेखन यात्रामा लाग्नेले निरन्तर कलम चलाइरहनुपर्ने जोड दिनु भएको थियो ।

कार्यक्रममा सिसासका अध्यक्ष पोख्रेलले साहित्यकार निरन्जना चन्दलाई आफनो जिल्लामा सम्मान गर्न पाउदा एकदमै खुसी लागेको बताउनु भएको छ । उहाले सिर्जना कहिल्यै नमर्ने भएकोले कलम मार्फत नै साहित्यलाई बचाउन सकिने जोड दिनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कबियत्री निरन्जना चन्द, बिशिष्ट अतिथी युवराज शर्मा खनाल, दिपक प्रधान, लता प्रधान, सीता काफ्ले, मिना क्षेत्री ,उर्मिला यादव लक्ष्मी प्रसाद अधिकारी, खगेन्द्र प्रसाद बस्याल ,निमा डिसी, सरु ज्ञवाली, कबिता परियार,लगायतले आ आफनो रचना प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सह– सचिव राधा भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-०१ , समय : १९:४९:४८ , ३ हप्ता अगाडि