लुम्बिनी प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत हुदै

रासस , १४७  पटक हेरिएको

दाङ, जेठ २१

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । 

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०६-०३ , समय : ०८:१६:१५ , ३ हप्ता अगाडि