सुनवलमा जारी फुटवल प्रतियोगिताको सेमिफाइनल खेलमा राईजिङ स्टार बिजयी

रुपन्देही खबर , १३६  पटक हेरिएको

सुनवल, जेठ २६

नवलपरासी जिल्ला फुटवल संघ सुनवल १३ नवलपरासीको आयोजनामा सुनवल ३ किर्तिपुरमा जारी नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगिताको शुक्रबार सेमिफाइनल खेल भएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेल राईजिङ स्टार सामुदायिक बिकाश प्रतिष्ठान सुनवल १२ र सुर्य ज्योति युवा क्लब बर्दघाट २ बीच सम्पन्न भएको छ । दुइ समुह बिच भएको प्रतिस्पर्धात्मक खेलमा राईजिङ स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल १२ ले दुई गोल गर्दै बिजयी भएको छ भने सुर्य ज्योति युवा क्लब बर्दघाट २ ले एक गोल पनि गर्न सकेन ।

यस्तै गरी आज शनिबार दोस्रो सेमिफाइनल खेल साझ ४ बजे हुने नवलपरासी जिल्ला फुटवल संघका महासचिव कवरयोगीले जानकारी दिनु भएको छ । दोस्रो सेमिफाइन खेल भैरब स्पोर्टिङ क्लब बर्दघाट र फोर ब्रदर्स बीच हुनेछ । प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : ०७:११:२४ , ३ हप्ता अगाडि