तिलोत्तमा १४ मा अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सुन्दर गुरुङ , १५७  पटक हेरिएको

कोटिहवा, जेठ २६

लुम्बिनी स्पोर्ट्स कल्ब तिलोत्तमा १४ रुपन्देही र ब्याडमिन्टन २१ ले सञ्चालन गरेको ब्याडमिन्टन एकेडेमी अन्तर्गत अंतर क्लब ब्याडमिन्टन प्रतियोगिता शनिवार सुपौलीको कभर्ड हलमा सप्पन्न गरेको छ । ४ वटा विद्यामा भएको प्रतियोगितामा अण्डर १७ छात्र तर्फ बिबेक अधिकारी बिजय र लेलिन राना उपबिजेता भएका छ्न । त्यसै गरि अण्डर १५ छात्र तर्फ स्मित राना बिजय र डेनिस थापा उपबिजेता, अन्डर १३ छात्र अन्तर्गत रेवस दगामी बिजय र रिदम थापा उपबिजेता बनेका छ्न । अन्डर १५ छात्रा तर्फ भने प्रकृया गुरुङ बिजयी र मान्यता थापा उपबिजेता बनेका छ्न ।

क्लबका सल्लाहकार भिम बहादुर पुन र क्लबका अध्यक्ष प्रत्त बहादुर पुनले बिजेता तथा उपबिजेता खेलाडिहरुलाई प्रमाण पत्र, मेडल र मायाको चिनो बितरण गर्नु भएको थियो । बिगत एक महिनाबाट नियमित प्रशिक्षण दिइरहेको एकेडेमिले निकट भबिस्यमा नै जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने बताएको छ । कार्यक्रमको स्वागत दिनेस बुढा र सञ्चालन लेलिन रानाले गर्नु भएको थियो प्रतियोगितामा २६ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : १८:०५:५२ , २ हप्ता अगाडि