सुनवलमा जारी फुटवल प्रतियोगितामा भैरबलाई हराउदै फोर ब्रदर्स फाइनलमा प्रवेश

रुपन्देही खबर , १४१  पटक हेरिएको

सुनवल, जेठ २६

नवलपरासी जिल्ला फुटवल संघ सुनवल १३ नवलपरासीको आयोजनामा सुनवल ३ किर्तिपुरमा जारी नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगिताको शनिबार सेमिफाइनल खेल सम्पन्न भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा फोर ब्रदर्स सरावल २ बिजयी हुदै फाइनलमा प्रबेश गरेको हो । भैरब स्पोर्टिङ क्लब बर्दघाट र फोर ब्रदर्स सरावल २ बीच भएको पेनाल्टी सुट आउटमा फोर ब्रर्दश ४ गोल गर्दै बिजयी भएको हो । यता भैरव स्पोर्टिङ क्लब बर्दघाटले २ गोल गर्दै हार ब्यहोरेको छ ।

यस्तै गरी आइतबार फाइनल खेल हुने आयोजकले जनाएको छ । आइतबार साझ ४ बजे राईजिङ स्टार सामुदायिक बिकाश प्रतिष्ठान सुनवल १२ र फोर ब्रदर्स सरावल २ बीच खेल हुने नवलपरासी जिल्ला फुटवल संघका महासचिव सुबिन्द्र कवरयोगीले जानकारी दिनु भएको छ । प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : २०:३१:०३ , २ हप्ता अगाडि