सिद्धार्थनगर ५ मा एक महिने ब्युटीसियन तालिम सम्पन्न

रुपन्देही खबर , १५८  पटक हेरिएको

भैरहवा, असार २०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा जेठ २२ गतेदेखि सुरु भएको एक महिने ब्युटीसियन तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा भैरहवा नमुना मा.बि. ब्यवस्थापन समिति अध्यक्ष आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा एक महिने ब्युटीसियन तालिमको समापन गरिएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुप्ताले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिपमुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ । उहाँले हरेक क्षेत्रमा महिलालाई सक्षम र सवल बनाउन सिद्धार्थनगर नगरपालिकाले बिभिन्न किसिमका सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताउनु भएको छ ।गुप्ताले महिलाले कुनै न कुनै सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै उद्यमी बन्नु पर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा बोल्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ मा महिला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले १ महिने ब्युटिसियन तालिमको आयोजना गरिएको बताउनु भएको छ । उहाले तालिम लिएका महिलाहरुले तालिमबाट प्राप्त सिपको उपयोग गरि आत्मनिर्भर उद्यमी बन्नुपर्नेमा जोड दिनु भएको छ । वडाध्यक्ष श्रेष्ठले महिलालाई सक्षम र व्यवसायी बनाउनको लागि तालिम आयोजना गरिएको बताउदै यसले तालिममा सहभागी महिला दिदिबहिनीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले वडा नम्बर ५ ले यस्तै बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको बताउदै वडाबाट आउने तालिमहरुको फाइदा दिन आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा क्रियापुत्री घरको अभावलाई मध्यनजर गर्दै यस बिषयमा नगरपालिकासंग कुरा राख्ने बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै जेसी आइ सिद्धार्थका अध्यक्ष दिपक काफ्लेले सिद्धार्थनगर नगरपालिकाले हरेक वडामा महिलाहरुलाई बिभिन्न किसीमका तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्दै आएको बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले महिलाहरुको क्षमता बृद्धि गरी जिबिकोपार्जन संग जोडनका लागी यस्ता किसिमका तालिमहरु प्रदान गर्दै आएको उल्लेख गर्नु भयो । उहाले महिलाहरु अब चुलो चौको मात्र सिमित नभइ आर्थिक क्षेत्रमा बलियो हुनुपर्ने बताउदै तालिममा सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ ।


यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष संजय कुमार बेरिवालले तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई सीप सिकाएर रोजगारी संग जोडन आग्रह गर्नु भएको छ । उहाले तालिमबाट सिकेका सीपहरुलाई ब्यवसायिक रुपमा लैजान सके मात्र तालिम प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले कतिपय तालिमहरु सरकारले प्रदान गरे पनि त्यसको सहि सदुपयोग र सहज बातावरण नहुदा सिकेका सीपहरु सदुपयोग हुन नसकेको बताउनु भएको छ । उहाले आगामी दिनहरुमा यस्ता तालिमहरु शिक्षा संगै जोडदै लैजानुपर्ने बताउनु भएको छ । शिक्षा संगै सीप मुलक तालिमहरु जोडिएमा स्वदेशमा नै दक्ष जनशक्ति उत्पादन गर्न सकिने बेरिवालको भनाइ छ ।

यस्तै गरी कार्यक्रममा समाजसेवी केशव प्रसाद गुप्ताले वडा नम्बर ५ ले बिभिन्न किसीमका सिपमुलक तालिमहरु प्रदान गरी अवसर दिएको बताउनु भएको छ । समाजसेवी गुप्ताले तालिममा सिकेका कुराहरु उपयोग गरी ब्यवसायिक बन्न सकेमा ब्यक्तिलाई मात्र नभइ नगरको लागी पनि उत्तिकै राम्रो हुने उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रशिक्षक पल्लबी न्यौपानेले सीपमुलक तालिमहरु पाठयक्रममा पनि राख्नुपर्ने बताउनु भएको छ । उहाले सीपमुलक तालिम अति आवश्यक बिषय भएकोले यसमा स्थानिय पालिकाहरुले पनि पहल गर्नुपर्ने बताउनु भएको छ ।

सिनपा वडा नम्बर ५ को वडासदस्य किरनदेवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रममा भैरहवा नमुना मा. बि.का प्राचार्य चुन्नु प्रसाद पाण्डे ,प्रशिक्षार्थी ममता मकाजु ,सिनपा वडा १३ का वडा सदस्य निलु शिरिष मगर लगायत शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो भने तालिममा २८ जना महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०७-०४ , समय : ०७:५३:३७ , ४ महिना अगाडि