रुपन्देहीबाट ३ लाख ५० हजार मुल्य बराबरको अबैध सामान बरामद

रुपन्देही खबर , ४१७  पटक हेरिएको

भैरहवा, असार २४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार र आइतबार जिल्लाको विभिन्न स्थानबाट ३ लाख ५० हजार मुल्य बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु २० प १२८५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/पैठारी गरी ल्याउदै गरेको अवस्थामा बोईलर कुखुरा ५० वटा (१०० किलो ), सुर्तीय जन्य पदार्थमा प्रयोग हुने केमिकल ५ बोरा, २ सय ५० किलो प्याज नियन्त्रणमा लिएको हो ।

बरामद भएका सामानहरु नियन्त्रणमा लिई सवारी साधनहरु समेत आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०७-०८ , समय : १४:२७:११ , ४ महिना अगाडि