रुपन्देही खबर , ४७ पटक हेरिएको
देउखुरी,भदौ ३१
महिलालाई मन्त्री बनाउन लुम्बिनीका काग्रेस सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने लुम्बिनीका प्रदेश सभाका महिला सांसदहरुले सरकारमा महिला सहभागिता गराउन माग गरेका हुन् ।
आइतबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई भेटेर अविलम्ब महिला सांसदलाई सरकारमा पठाउन माग गरेका हुन् । सरकार गठनको २ महिना पुग्न लाग्दासम्म सरकारले पूर्णता नपाएको बताउदै खाली ठाउमा महिलालाई पठाउन उनीहरुले माग गर्नु भएको छ ।
वर्तमान सरकारमा नेपाली कांग्रेसले पाएको ५ सदस्यीय मन्त्री परिषदमा २ पद खाली छ । ३ जना पुरुष सांसद मन्त्री रहेको बताउदै उनीहरुले खाली मन्त्री पदमा महिलालाई मन्त्री बनाउन उनीहरुले माग गर्नु भएको छ ।
कांग्रेस सचेतक निमा गीरी र जमुना ढकालको अगुवाइमा महिला प्रदेश सभा सदस्यहरुले दल नेता चौधरीलाई भेटेका थिए । भेटमा दलका नेता चौधरीले समावेशीताका सवालमा आफू सचेत रहेको बताउनु भएको छ । उहाले केही दिनमा केन्द्रीय नेताको सल्लाहमा सरकारमा मन्त्री पठाउने र त्यसमा महिला पठाउने आश्वाशन दिएको महिला प्रदेश सभा सदस्यहरुले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-०९-१६ , समय : १३:२३:४२ , ४ हप्ता अगाडि