पश्चिम् नवलपरासीका औषधी पसलहरुमा अनुगमन

गौरीशंकर जयसवाल , २५२  पटक हेरिएको

परासी, असार १३

पश्चिम नवलपरासीमा औषधी पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितीले औषधी पसलहरुमा अनुगमन गरेको हो। बजारमा औषधी पसलहरुमा म्याद गुज्रेको औषधी बिक्री बितरण भइरहेको जनगुनासो आएको भन्दै औषधी पसलहरुमा अनुगमन गरिएको जिल्ला बजार अनुगमन समितीका बजार निरीक्षक एव सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनु भएको छ ।

उहाको अनुसार जिल्लाको रामग्राम नगरपालिका र सुनवल नगरपालिका बजार क्षेत्रमा रहेको औषधी पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा अधिकास औषधी पसलहरु दर्ता प्रक्रियामा रहेको र दर्ता भएको प्रमाणपत्र देखिने गरी नराखेको पाईएको बजार निरीक्षक अर्यालले बताउनु भयो ।

औषधी पसलहरु दर्ता भएपनि नबिकरण म्याद गुज्रेको र औषधी इस्पायर जोन नराखिएको पाईएको अर्यालले बताउनु भएको छ । परासीमा रहेको संदीप मेडिकल हलले खुदा बिक्रीको अनुमति लिएको तर थोक कारोबार गरेको र नाम अनुसार उदेश्य नमिलेको अनुगमन क्रममा भेटिएको अर्यालले बताउदै उक्त पसललाई तीनदिन भित्र पुजिबृद्धि गरी कारोबार गर्न र जिल्ला प्रशासन कार्यालमा आवश्यक कागजपत्र दिएर आउन निर्देशन दिईएको जानकारी दिनु भएको छ ।

यस्तै अरु औषधी पसलहरुमा स्पष्ट रुपमा दर्ता प्रमाण उपभोक्ता देख्ने गरी नराखेको भेटाईएको उक्त पसलहरुलाई देख्ने गरी राख्ने निर्देशन गरिएको बजार निरीक्षक अर्यालले बताउनु भएको छ । साम्राट मेडीकल, कुशल स्वास्थ्य क्लिनीकमा बच्चाहरुले खाने लिटो म्याद गुज्रेको भेटिएको र उक्त अनुगमन समितीले समान नष्ट गरेको थियो ।

 

जिल्लाको रामग्राम नगरपालिका क्षेत्रमा रहेका संदीप मेडीकल हल ,जयसवाल क्लिनिक,सफल फार्मेसी , राहुल मेडीकल हल क्लिनिक र सुनवल क्षेत्रमा रहेको साम्राट मेडीकल,कुवँर फर्मेसी सिता मेडीकल स्र्टाेर्स,आरसी मेडीकल हल कुशल स्वास्थ्यय क्लिनीक गरी ९ औषधी पसलहरुको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गांगधार पाण्डेयले जानकारी दिनु भएको छ ।

 

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल,घरेलु तथा साना उद्योग कार्यालय प्रमुख गांगाधार पाण्डेय,स्वास्थ्य कार्यालयका मलेरिया इस्पेटर देबीलाल पौडेल,रामग्राम स्वास्थ्य शाखाका अनिल खड्का,जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाही, कर सेवा कार्यालयका प्रतिनिधी,प्रशासन कार्यालय ईलाका सेमरीका प्रशासकिय अधिकृत दिपेश खत्री सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : २१:३८:०३ , २ वर्ष अगाडि