सुसिला वाग्ले , १४० पटक हेरिएको
भैरहवा, कार्तिक १२
समय सँगै नियतीले हारिएकी मान्छे म त ।
अन्जानैमा काँडेतारले वारिएकी मान्छे म त ।
अमृत घोली दिँदै थिए बरु आफै बीस पिएर
जालझेल परी आफ्नैबाट झारिएकी मान्छे म त ।
गल्ती अनि प्रमाण विना लाञ्छनाको पात्र चुनी
आलो घाउमा खुर्सानीले खारिएकी मान्छे म त ।
दुःख, पीडा, चोटहरु बच्चै देखि साथमा हुँदा
बाघको जस्तै चपेटामा दारिएकी मान्छे म त ।
कुन जुनिमा पाप गरेंछु भन्देउ प्रभु वास्तविकता
भुलको भारी काँधमा राखि नारिएकी मान्छे म त ।
मन पोल्दै एकैछिनमा चिरा पर्छ मुटु पनि
जिउँदै तर आत्मै देखि मारिएकी मान्छे म त
प्रकाशित मिति: २०२४-१०-२८ , समय : ०७:२२:१४ , १ महिना अगाडि