कपिलवस्तु बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनी राम कोरी , ५३६  पटक हेरिएको

ताैलिहवा , असार २०

कपिलवस्तु जिल्लाकाे धराेहरका रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा ४ चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीकाे लागि अभ्यास शिक्षण अभिमुखीकरण चालु गरिएकाे छ ।

चार बर्षे वि.एड. अन्तर्गत चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीहरुले सम्पन्न गर्नु पर्ने प्रयाेगात्मक अभ्यास अभ्यास (एड.४४०) कार्यकाे अभिमुखीकरण कार्यक्रम चालू गरिएको छ । अभिमुखीकरण कार्यक्रम मंगलबार पनि सन्चालन हुनेछ ।कार्यक्रममा बाेल्दै कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेयले बोल्दै शिक्षण पेसा सबैभन्दा सम्मानित पेसा रहेको बताउनु भएको छ। खास गरेर शिक्षा संकाय बाट पढेका विद्यार्थीहरु असल शिक्षक बन्छन् । चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीहरुकाे अन्तिम बर्ष भएको हुनाले विद्यार्थीहरुकाे उज्ज्वल भविष्यकाे कामना पनि व्यक्त गर्नु भएको छ ।

कपिलवस्तु बहुमुखी क्याम्पसकाे अभ्यास शिक्षण समितिका प्रमुख टीका राम ज्ञवालीले विद्यार्थीहरुकाे लागि अभ्यास शिक्षण धेरै महत्त्वपूर्ण रहेको र सिकेको कुरालाई व्यवहारमा उतार्नका लागि विद्यार्थीहरुलाई आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेय , अभ्यास शिक्षण समितिका प्रमुख टीका राम ज्ञवाली , कृष्णराज शर्मा , वरिष्ठ प्राध्यापक भक्तिराम पन्थी , हाेतराज खनाल र विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।भने प्राध्यापक तुलसी खनालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०७-०४ , समय : २२:२३:१२ , २ वर्ष अगाडि