भैरहवामा दिगो फोहोर मैला ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

उर्मिला यादव यात्री , ५६४  पटक हेरिएको

भैरहवा,माघ १९

मानव अधिकारका लागि महिला,एकल महिला समूह काठमाडौं र खालीसिसि म्यानेजमेन्ट प्रा.लि काठमाडौंको आयोजना तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको आर्थिक सहयोगमा रुपन्देहीको भैरहवामा शुक्रवार दिगो फोहोर मैला ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।कम्युनिटि आउटरिच अफिसर रुबिना थपलियाको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

तालिमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि श्रेष्ठले तालिमबाट सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ । उहाले फोहोरलाई ब्यवस्थापन गर्न सके मात्र फोहोरबाट पनि मोहोर कमाउन सकिने जोड दिनु भयो । उहाले घरबाट निस्किने फोहोर जथाभावी फाल्नाले स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकोले फोहोरलाई छुटयाएर ब्यवस्थापन गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरि कार्यक्रमको सहजीकरण गर्दै कम्युनिटि आउटरिच अफिसर रुबिना थपलियाले दिगो रुपमा फोहोर मैलाको ब्यवस्थापन कसरी गर्ने, फोहोर प्रती स्थानीयको बुझाइ, भैरहवामा फोहोर उत्पादनको अवस्था,फोहोर संकलन र ब्यवस्थापन र यसको प्रमुख चुनौती , यसले मानवीय स्वास्थ्यमा पारेको प्रभाव लगायतको बिषयमा सहजीकरण गर्दै घरबाट निस्किने अधिकांस फोहोरलाई छुटयाएर पनि आर्थिक आम्दानी गर्न सकिने बताउनु भएको छ । उहाले कुहिने फोहोरलाई मल बनाएर करेसाबारीमा समेत प्रयोग गर्न सकिने भएकोले फोहोरलाई जथाभावी नफाल्न आग्रह गर्नु भएको थियो ।

तालिममा सहभागीहरुले फोहोर ब्यवस्थापन कसरी गर्ने लगायतको बिषयमा धेरै कुरा सिक्न पाएको बताउदै सिकेका कुराहरु ब्यवहारमा उतार्ने प्रतिबद्धता समेत गरेका छ्न । उनिहरुले अझै पनि यस्तो तालिमको आवश्यकता भएकोले तालिम संगै महिलाहरुलाई रोजगारी संग जोडन समेत आग्रह गरेका थिए ।

तालिममा खालीसिसि म्यानेजमेन्ट प्रा.लि रुपन्देहीको समन्वय अधिकारी मुना भट्टराई , सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष दामोदर शर्मा घिमिरे , समाजसेवी लेखनाथ भट्टराई लगायत तीस जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२५-०२-०१ , समय : ०९:१५:५७ , १ वर्ष अगाडि