कोटहीमाई गाउपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ज्ञानेश्वर उपाध्याय , ३३२  पटक हेरिएको

मर्चवार,साउन ६

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकाे छ । गाउँपालिकामा आज शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

 

पालिका अध्यक्ष बालकृष्ण तिवारीले पालिकामा रहेका लक्षित समूह ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएकाे भनि प्रतिबद्धता पत्र मार्फत जानकारी दिनु भएको छ ।

 

काेटहीमाईमा लक्षित समूहका केही राेजगारीकाे शिलशिलामा पालिका बाहिर रहेकाेले सर्वेक्षण र घरधुरीकाे आधारमा ९८ प्रतिशतले खाेप पूरा गरेकाे स्वास्थ्य शाखा प्रमुख राम निवास यादवले बताउनु भएको छ । उहाका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खाेप लगाएका छन् ।
सो अवसरमा फ्रन्ट लाइनमा काम गर्ने बिभिन्न सामाजिक संघ संस्था तथा महिला स्वयंसेबिका लगायतका अन्य व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: २०२२-०७-२२ , समय : १९:४६:४८ , २ वर्ष अगाडि