जसपा नेपाल सिद्धार्थनगरको नगर अधिवेशन सम्पन्न,अध्यक्षमा जावेद आलम

उर्मिला यादव यात्री , २९९  पटक हेरिएको

भैरहवा, बैशाख १३

जनता समाजवादी पार्टी (जसपा ) नेपाल सिद्धार्थनगर नगरपालिका समिति रुपन्देहीको नगर अधिवेशनले जावेद आलमको अध्यक्षतामा ३१ सदस्यीय नया कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा मनोज प्रजापति, हरिहर यादव, सचिवमा मनोज कुमार धवल, सहसचिवमा बृजमोहन ठाकुर , कोषाध्यक्षमा इमरान अलि रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा राहुल प्रजापति, बिन्दु गौड, राहुल यादव, हाकिम धुनिया, निशा जलान्धर, बिनिता, श्रेष्ठ, अखिल धुनिया, मोहम्मद महताव आलम ,रबि बिश्वकर्मा, दुर्गेश यादवलाई चयन गरिएको हो ।

जसपा नेपाल सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष मनोज प्रजापतिको अध्यक्षता तथा जसपा नेपालको केन्द्रिय सदस्य साबित्रा बि.क. को प्रमुख आतिथ्यतामा भएको नगर अधिवेशन कार्यक्रममा प्रमुख अतिथी बि.क.ले बोल्दै पछाडी पारिएका र उत्पीडनमा परेका जनताका लागी र देशलाई समृद्ध बनाउनका लागी एकजुट भएर अघि बढनुपर्ने बताउनु भएको छ । उहाले जनताको अधिकारका खोस्नेलाई आगो लगाउनुपर्ने जोड दिनु भयो । केन्द्रिय सदस्य बि.क. ले २०८४ मा जनताको हक सुरक्षित गर्नका लागी जसपा नेपाल झन भन्दा सक्रिय भएर लाग्ने बताउनु भएको छ ।

उहाले मधेशका मात्रै नभई हिमाल पहाड सबै तिरका जनता एकजुट हुनुपर्ने बेला आएको बताउनु भएको छ । उहाले हामी सबै एकजुट र संगठित नभए मानव हुनुको कुनै औचित्य नहुने जिकिर गर्नुभयो । उहाले सबै संगठित भएर लाग्नुपर्ने बताउदै देशमा परिर्वतन जसपाले मात्र ल्याउन सक्ने जोड दिनु भएको छ । उहाले जसपा नेपालले सिस्टमबाट नै सबै कामहरु गरिरहेकोले लक्ष्यमा छिटटै पुग्ने बिश्वास दिलाउनु भयो । उहाले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लगाउनेहरुले नै नेपालीहरुलाई दुखी बनाएको आरोप लगाउनु भयो ।

यस्तैगरी जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले जसपा नेपालले यो मुलुकलाई नया दिशा दिदै नेपालको बिकास गर्न चाहेको जोड दिनु भएको छ । उहाले जनताको हक अधिकारको लागी जसपा लागी परेको बताउदै महिलाहरुको लागी ३३ प्रतिशत भनिए पनि जसपा नेपालमा ५१ प्रतिशत महिलाको हक अधिकार सुनिश्चित गर्ने गरी योजनाहरु ल्याउन माग गरेको बताउनु भएको छ । उहाले जसपा नेपालले महिलाहरुलाई समेटदै अगाडी बढेको बताउनु भयो । उहाले नया नेतृत्व पाएका कार्यसमितीका पदाधिकारीलाई उत्साहका साथ काम गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा जसपा नेपालका बरिष्ठ नेता कैलाश गुरुङले जसपा नेपालले पार्टीको बिचार, सिद्धान्त र नितीलाई हरेक जनताको घर घरमा पुरयाएर २०८४ को चुनावमा १ सय सिट ल्याएर हरेक ठाउबाट जसपाले कब्जा गर्ने बताउनु भएको छ । उहाले जसपा नेपाल जनताका माझ जागरुक भएर लागेको बताउदै नगरको अधिवेशनले छानेका नेतृत्वले पार्टीको मात्र नभइ देशकै निम्ती समर्थन, सेवा र निकासका लागी अघि बढने जोड दिनु भयो । नेता गुरुङले नेपाली कांग्रेस , एमाले नेकपा माओवादी लगायतका नेताहरुले जनतालाई ठुला ठुला सपना देखाइ झुक्काएको बताउदै अब जसपा नेपालले हिमाल पहाड तराईका सम्पुर्ण जनसमुदायलाई जोडदै अगाडी बढने प्रतिबद्धता गर्नु भएको छ ।


कार्यक्रममा समाजवादी बिद्यार्थी युनियन नेपालका बरिष्ठ उपाध्यक्ष राहुल यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजवादी महिला युनियन, नेपाल लुम्बिनी प्रदेश सह–सचिव विष्णु चौधरी , जसपा नेपाल रुपन्देही जिल्ला सचिव बिष्णु अधिकारी, जसपा नेपाल सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष मनोज प्रजापति लगायतले बोल्दै जसपाले नै देशमा परिर्वतन ल्याउन सकिने भएकोले जनताको अधिकारका लागी एकजुट हुन आग्रह गर्नु भएको छ । यस्तै गरी कार्यक्रम संचालन समाजवादी युवा संघका केन्द्रिय सदस्य जावेद आलमले गर्नु भएको थियो । कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य शबनम अन्सारी, निर्वाचन प्रमुख अधिकृत रामनेवास चौधरी, निर्वाचन अधिकृत सदरे आलम, गिता पाण्डे, लगायत पार्टीका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०४-२६ , समय : २१:५४:१९ , २ हप्ता अगाडि