अखिल नेपाल ट्रेड यूनियन महासंघ रुपन्देहीद्धारा भैरहवामा शुभकामना आदानप्रदान

रुपन्देही खबर , २४३  पटक हेरिएको

भैरहवा, बैशाख १९

१३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड यूनियन महासंघ रुपन्देहीले भैरहवामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला कार्यसमिती रुपन्देहीका अध्यक्ष दुर्गा मरासिनीको अध्यक्षता तथा नेकपा (माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तीर बहादुर रोकाको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी रोकाले नेपालमा अझै पनि कतिपय क्षेत्रमा काम गर्ने श्रमिकहरुले न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको बताउदै अखिल नेपाल ट्रेड यूनीयन महासंघले लामो समयदेखि सरकारसँग न्यूनतम पारिश्रम कार्यान्वयन गर्न माग गर्दै आएको बताउनु भएको छ । उहाले ट्रेड यूनियन महासंघ अरु पार्टीको संगठन भन्दा फरक रहेको जोड दिदै यसमा सबै मजदूरहरुलाई एकबद्धता हुनुपर्ने बताउनु भएको छ । उहाले माओबादी पार्टी मात्र मजदूर गरीब र सर्बहाराको हकहितमा भएको समेत जानकारी दिनु भएको छ ।

यस्तै गरी अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय सदस्य नारायण हमाल ठकुरीले कार्यक्रममा बोल्दै मे दिवसलाई लक्षित गरी सरकारले ल्याएको श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । उहाले निजी स्कुल, कलेज, निजी अस्पताल, नर्सिङ होम, बैङ्क तथा वित्तीय संस्थाजस्ता औपचारिक क्षेत्रमा थोरै तलब दिएर श्रमशोषण भइरहेको अवस्थामा कृषि, निर्माण, यातायात जस्ता अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर अझ शोषणमा रहेको उहाँले बताउनुभयो । “सामाजिक सुरक्षा लागू भएका यी क्षेत्रमा न्यूनतम १५ हजार पारिश्रमिक पाउँछन् । त्यसकारण सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । उहाले मजदूरहरुलाई परी आएको समस्यामा संगठन र आफु सधै साथ र सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रममा गयासुद्दीन पठानको स्वागत मन्तब्य रहेको कार्यक्रममा धुर्व लामगादे, नेकपा माओबादी केन्द्र भैरहवा नगर सचिव दिलीप प्रजापति लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने अखिल नेपाल ट्रेड यूनियन महासंघ रुपन्देहीका जिल्ला सचिव आकाश रिजालले कार्यक्रम संचालन गर्नु भएको थियो । हरेक बर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै आइएको छ ।

(

प्रकाशित मिति: २०२५-०५-०२ , समय : ०६:५२:११ , १ हप्ता अगाडि