रुपन्देही खबर , ५७ पटक हेरिएको

पोखरा, बैशाख २७
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गर्नु भएको हो। उहाले महायज्ञमा ९ दिनसम्म कथा प्रवचन गर्नु भएको थियो । पंराकुशजीको विदाई कार्यक्रममा भक्तजन भावुक भएका थिए ।
यसैगरी महायज्ञमा भोलि (आइतवार ) देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनु भएको छ। उहवका अनुसार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले जेठ ३ गते सम्म प्रवचन गर्ने कार्यक्रम रहेको छ । कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिनु भएको छ ।
यसै गरी पोखराका जारी कोटिहोममा शनिबावर प्रमुख अतिथिको रुपमा रहनु भएको नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विश्व शान्तिको स्थापनाका निम्ति पोखरा जारी कोटिहोम कडिको रुपमा रहेको बताउनु भएको छ ।
शर्माले कलियुगको अत्यन्त ठूलो महायज्ञ भएकोले यो महायज्ञले विश्व शान्तिको स्थापना गर्न महत्वपूर्ण सन्देश दिएको बताउनु भयो ।कलियुगमा यज्ञ गर्ने कमै हुन्छन्, अझै महायज्ञ गर्ने त विरलै भेटिन्छ’ शर्माले भन्नु भयो ,‘कलियुगमा यति ठूलो ऐतिहासिक महायज्ञ गर्ने चानेचुने कुरा होइन्, यो महायज्ञको जति नै प्रशंशा गरे नि कमै हुन्छ ।’
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले गरेको यो कार्य उदाहरणीय भएको बताउँदै उनले यहाँ आउने भक्तजनले सकरात्मक उर्जा लिएर जानुपर्नेमा जोड दिनु भएको छ ।
‘म यहाँ अतिथि भन्दा पनि यो महायज्ञको दर्शन गर्न आएको हो’ उनले भने, ‘जव महायज्ञ स्थल आएर दर्शन गरे म अचम्मित भए कि पोखरामा यति ठूलो महायज्ञ गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’ महायज्ञले सकारात्मक सन्देश दिएको बताउँदै उहाले यो महायज्ञबाट सवैले सकरात्मक उर्जा लिएर जान आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२५-०५-१० , समय : १९:३२:२४ , ५ घन्टा अगाडि