ओमसतियामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

रुपन्देही खबर , ६७  पटक हेरिएको

भैरहवा, जेठ २

रुपन्देहीको ओमसतिया गाउपालिकामा शुक्रवारदेखि तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१, ८२ सुरु भएको छ । गाउपालिका अध्यक्ष मन्जित कुमार यादव सोनुको अध्यक्षतामा भएको क्रिकेट प्रतियोगिताको उदघाटन गर्नु हुदै अध्यक्ष यादवले खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि ओमसतियाले प्रत्येक बर्ष अध्यक्षकप क्रिकेट प्रतियोगिता गर्दै आएको बताउनु भएको छ । उहाले आगामी दिनमा खेलकुद क्षेत्रको बिकास संगै खेलमैदानलाई अझै ब्यवस्थित बनाउने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी पुर्व राष्टिय खेलाडी तथा अन्डर १९ क्रिकेट टिमको हेड कोच शक्ति गौचनले बोल्दै ओमसतियाबाट अन्र्तराष्ट्रिय स्तरकै खेलाडीहरु उत्पादन भएको हुदा यहा रहेको खेल मैदानको अभावलाई मध्यनजर गर्दै समयमै बिकास गर्न सके यहा राष्ट्रिय स्तरकै खेल हुन सक्ने बताउनु भयो ।


उदघाटन कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, वडा नम्बर २ का वडा अध्यक्ष शितल जिटी, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार भएको उद्घाटन खेलमा ओमसतिया वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १२ ओभरको खेलमा ९२ रन मात्र बनाउन सकेको थियो । वडा नम्बर २ का लागि बादल छन्त्यालले सर्वाधिक २२ रन बनाउदा अजय यादवले ११ रन र विकास यादवले १० रन जोडे । बलिङमा वडा नम्बर ६ का शेखर चौधरीले ४ विकेट, नितेश वरुण र किशोर यादवले समान २÷२ विकेट लिए । ९३ रनको लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ६ ले ९ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । वडा नम्बर ६ का लागि रवि यादवले सर्वाधिक ४४ रन बनाए । कृष्ण पासीले १७ रन बनाए ।

बलिङमा वडा नम्बर २ का अभिषेकले २ विकेट लिए ।

यसै गरि शुक्रबार नै सम्पन्न दोश्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ५८ रनले हराएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको वडा नम्बर ३ ले १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्य पाएको वडा नम्बर १ भने ६५ रनमै अलआउट भएको खेल संयोजक मनोज यादवले जानकारी दिनु भएको छ ।

शुक्रबार नै सम्पन्न तेश्रो खेलमा भने वर्षा बाधक बन्दा वडा नम्बर ४ र वडा नम्बर ५ ले समान एक÷एक अंक बाडेका छन् । टस जितेर ब्याटिङ गरेको वडा नम्बर ४ ले ११५ रन बनाउदा अर्को टिम खेल्न नपाउदै पानी परेकोले अंक बाडिएको संयोजक मनोज यादवले जानकारी दिनु भएको छ ।

ओमतिया गाउँपालिकाका ६ वटा वडाबाट एक÷एक टिम र पालिकाको कर्मचारीको २ टिम गरि जम्मा ८ टिम सहभागी प्रतियोगितामा २ समूहमा बिभाजित गरिएको यादवले बताउनु भयो । दुबै समूहको शिर्ष २ टोली सेमी फाईनलको लागि प्रवेश गर्नेछ । ओमतियाको कर्मडाँडा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल ७ गते हुनेछ । विजेता टोलीले ६० हजार नगद संगै कप र उपविजेताले ३० हजार र कप प्राप्त गर्नेछ । अनुशासित टोलीले १० हजार, मेन अफ द सिरिज ५ हजार र शिल्ड, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही २ हजार ५ सय रुपैयाका दरले पुरस्कार पाउने छन् ।

प्रकाशित मिति: २०२५-०५-१६ , समय : २३:४७:३७ , ६ घन्टा अगाडि