एसपी क्षेत्रीलाई लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलद्धारा स्वागत तथा सम्मान

रुपन्देही खबर , ५५  पटक हेरिएको

भैरहवा, जेठ ५

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले सोमबार एक कार्यक्रमका बिच रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीलाई भैरहवामा स्वागत तथा सम्मान गरेको छ । क्लबका अध्यक्ष लायन खेम बहादुर कार्कीको अध्यक्षता तथा डिष्टिक ३२५पि का डिष्टिक गर्वनर एम.जे.एफ. लायन पुरुश्रोत्तम भक्त प्रधानांगको प्रमुख आतिथ्यतामा एसपी क्षेत्रीलाई स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथी प्रधानांगले लायन्सले समाजमा उदाहरणीय काम गर्दै आएको बताउनु भएको छ । उहाले रुपन्देहीे प्रहरी प्रमुख क्षेत्रीलाई भैरहवामा स्वागत गर्नु हुदै जिल्लामा सुशासन कायम गर्न महत्वपुर्ण भुमिका प्रहरीले खेल्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले शान्ति सुरक्षामा प्रहरी प्रशासन अहोरात्र खटिएको बताउदै सामाजिक क्षेत्रमा लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले पनि आफनो भुमिका निर्वाह गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्नु हुदै रुपन्देही प्रहरी प्रमुख क्षेत्रीले आफु सामाजिक काम गर्न आएकोले यहाको सुरक्षामा स्थानियको भुमिका महत्वपुर्ण भएको बताउनु भयो । उहाले रुपन्देहीमा भैरहेको गलत प्रबिधिहरुलाई रोक्न रुपन्देहीवासीको साथ र सहयोग चाहिएको उल्लेख गर्नु भयो । उहाले रुपन्देहीमा भएका बिकृतीहरु बारे जानकारी गराए तुरुन्त कारवाही गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । पछिल्लो समय आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढदै गएकोले यसको न्युनीकरणका लागी संघ संस्थाहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले बोल्नु हुदै रुपन्देही जिल्ला भारतीय सिमा संग जोडिएको खुल्ला सिमाना भएकोले सुरक्षाका बिषयमा बढी ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले खुल्ला सिमाना भएका कारण रुपन्देहीमा चोरीका सामानहरु बढी आउने भएकोले गर्दा यहाका ब्यापारीहरुमा धेरै मर्का परेको बताउनु भएकोले छ । उहाले रुपन्देहीमा तस्करी मौलाउदै गएकोले यसलाई नियन्त्रण गर्न एसपी क्षेत्रीलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रम संयोजक मधुसुधन पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा डिष्टिक क्याबिनेट सेकेटियल एडभाइजर तथा लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका गाइडिंग लायन बिनोद खरेल, इलेक्ट फस्ट भि.डी. जि पि एम जे एफ लायन सन्दिप कसौधन, इलेक्ट डिजी पि एम जे एफ लायन बलराम भटटराई, पि एम जे एफ लायन नवराज न्यौपाने, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले शुभकामना मन्तब्य राख्नु हुदै एसपी क्षेत्रीलाई स्वागत गर्नु भएको थियो । भने कार्यक्रम संचालन क्लबका आइ पिपी लायन भोजराज बस्यालले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-०५-१९ , समय : २२:४०:०१ , ६ घन्टा अगाडि