रुपन्देही खबर , २४१ पटक हेरिएको

बुटवल, जेठ ९
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने २४ बर्षिय बिष्णु थापा, सोही स्थानका वडा नं. ७ शिवनगर बस्ने बर्ष २४ को सन्दिप सुनार, कपिलवस्तु यसोधरा गाउँपालिका वडा नं. १ बस्ने बर्ष २९ को विवेक चौधरी र कृष्णनगर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २० को विपिन चौधरी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार राती ११ बजे तिर बुटवल उप-महानगरपालिका वडा नं. ११ बुद्धनगरमा लागु औषध ब्राउन सुगर कारोबार हुदै छ भन्ने गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा ४ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित चारैजनालाइ पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रुपन्देही बाट ७ दिन म्याद गरि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२३ , समय : १०:२३:३२ , १ हप्ता अगाडि