रुपन्देही खबर , १०८ पटक हेरिएको

मणिग्राम, जेठ १६
रूपन्देहीको मणिग्रामस्थित राममणी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । “नेपालको भविष्यमा युवा पलायनको प्रभाव” विषयक प्रतियोगितामा बी.बी.एस., बी.एड.र बी.ए. मा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवनकुमार पौडेलको अध्यक्षता र पूर्व क्याम्पस प्रमुख मोहनराज शर्माको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगिताका वक्ताहरूले नेपाली उत्पादन, सेवा र बजारको सशक्तिकरणबाटै युवा पलायन रोक्न सकिने भन्दै यही बाटोबाटै भविष्य राम्रो हुने उल्लेख गरेका थिए । प्रतियोगितामा बी.बी.एस. तेस्रो वर्षका विनिता पराजुली पहिलो, सरस्वती सुवेदी दोस्रो र बी.एड. तेश्रो वर्षका विमला भण्डारी तेस्रो हुनु भएको छ ।
अतिरिक्त क्रियाकलाप समितिका सदस्य मधुसुदन खनालको सञ्चालन तथा उप–प्राध्यापकहरू नारायणप्रसाद भुसाल, नोवराज तिवारी, त्यस्तैः विन्दु आचार्य, वेदप्रसाद न्यौपाने, केशव पन्थ लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । माया घिमिरे, मुक्तिनाथ गैह्रे र कविता पन्थीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०५-३० , समय : ०६:४६:०६ , ४ दिन अगाडि