सञ्चारिका समुह लुम्बिनी प्रदेशद्वारा पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने निर्णय

रुपन्देही खबर , २५५  पटक हेरिएको

रुपन्देही, साउन २२

सञ्चारिका समुह लुम्बिनी प्रदेशले सञ्चारकर्मी पुरस्कार तथा कार्यसमिति सदस्यहरुलाई सुत्केरी तथा किरिया राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

 

सञ्चारिका समुह लुम्बिनी प्रदेशले प्रदेश भित्र रहेर कार्य सम्पादन गरिरहेका महिलालाई लक्षित गरी १ लाख पुरस्कार कोष स्थापना गरेको हो । समुहको दाङ्गको भालुबाङ्ग बसेको पुर्ण बैठकले प्रत्येक वर्ष एक जना सञ्चारकर्मीलाई नगद १० हजार सहित पुरस्कार प्रदान गर्ने र सुत्केरी तथा किरिया राहत वापत नगद ५ हजार प्रदान गर्ने निर्णय गरेको छ । जस अन्तरगत पहिलो किरिया खर्च राहत रकम कार्यसमिति सदस्य रञ्जिता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

 

बैठकले आगामी वर्ष सञ्चार माध्यममा काम गर्ने सबैलाई समेटेर सञ्चारकर्मी डाइरेक्टरी प्रकाशन गर्ने ,बुटवलमा सञ्चारकर्मी महिला भेला गर्ने र सञ्चारकर्मीहरुको क्षमता विकास गर्नका लागि विभिन्न चरणमा तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

बैठकले प्रत्येक जिल्लामा सञ्चारिका समुहलाई बलियो बनाउनका लागि बाँकेमा उपाध्यक्ष रुपा गहतराजलाई , बर्दियामा महासचिव मेनका कुमारी चौधरीलाई ,रुपन्देहीमा सचिव माया के सीलाई , अर्घाखाँचीमा कोषाध्यक्ष उषाकिरण पन्थलाई , दाङ्ग सदस्य रञ्जिता अधिकारी ,पुर्व रुकुममा सदस्य रेनुका गिरी, गुल्मीमा सदस्य अनिता खत्री, कपिलबस्तमा सदस्य सरिता चौधरी, रोल्पामा सदस्या रिया बस्नेत, पाल्पामा सदस्य गिता ज्ञवाली र नवलपरासीमा सदस्य विष्णु खनाललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको समुहका अध्यक्ष अमृता अनमोलले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-०८-०७ , समय : १९:४३:३८ , २ वर्ष अगाडि