रुपन्देही खबर , १७६ पटक हेरिएको

भैरहवा,जेठ १७
सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीको २५७ औँ नियमित मासिक साहित्यिक सङ्गम एक कार्यक्रमका बीच सम्पन्न भएको छ । आज शनिबार संस्थाका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा गीतकार ,समालोचक डा. लक्ष्मी पोखरेलको प्रमुख आतिथ्यतामा भैरहवामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सुप्रसिद्ध गजलकार बूँद राना, सिसासका विशिष्ट सदस्य वनमाली निराकार रहनु भएको थियो
कार्यक्रममा साहित्यकार रुद्र ज्ञवाली, गजलकार रमेश समर्थन, सिसास पूर्व अध्यक्ष सुवास रिजाल ‘यात्री’ निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल पोखरेल ‘निश्छल’ अन्य साहित्यकारहरू तिलक लामिछाने,राजेश चौधरी , सिर्जना खनाल,विष्णु गजुरेल,प्रकाशलाल श्रेष्ठ, रामबहादुर श्रेष्ठ, नीमा डि. सी, मन्जु सिग्देल,सावित्री घिमिरे,गंगा घिमिरे, हिमाल बरुवाल, प्रकृति बरुवाल, राधा भट्टराई, उर्मिला यादव, दिपक कँहार, युवराज गुप्ता लगायतले आ-आफ्ना गीत,छन्द कविता,गद्य कविता ,गजल, मुक्तक, हाइकू,आदि विविध विधाका रचनाहरू प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सह सचिव राधा भट्टराईले गर्नु भएको थियो । कार्यक्रम शहीद स्मृति पुस्तकालयको सभा हलमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-०५-३१ , समय : २१:०१:५२ , २ दिन अगाडि