डोल्मा चौधरी (डोल) , ३३४ पटक हेरिएको
बर्दघाट , साउन २२
हरेक वर्ष झै यो वर्ष पनि नेपाल आदिवासी जनजाती महासंघ पश्चिम् नवलपरासीले २८ औं विश्व आदिवासि जनजाति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बर्दघाटमा रहेको विश्व शान्ती बौद्ध विहार गुम्बामा आइतबार रक्तदान गरिएको छ । जसमा २९ जनाले रक्तदान गरेका छ्न । कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवंम सल्लाहकार संयोजक देवराज चौधरी तथा महासंघमा आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । भने रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो।
रक्तदान जिवन दान हो भन्ने मुल मन्त्रलाइ अंगिकार गदै तथा मानव जिवनको रक्षाका लागि २४ औं विश्व आदिवासि दिवस देखि शुरु गरेको रक्तदान बिरामीले सहज रुपमा रगत पाउने अवस्था नरहेकाले थोरै भए पनि राहत मिलोस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
२८ औं विश्व आदिवासि दिवसमा पनि नवलपरासीका जनजातिहरुले रक्तदान कार्यलाइ निरन्तरता दिएको महासंघका जिल्ला अध्यक्ष तारा रानाले बताउनु भएको छ ।
आदिवासि ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका भन्ने मुलनारा सहित विश्वभर आदिवासीहरुले २८ औ विश्व आदिवासि दिवस मनाई रहदा नेपालका आदिवासिहरु त्यो नाराका साथ साथै पहिचान,पहुच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासि जनजाति, आन्दोलन, जाति ,भाषा धर्म र संरक्षणका लागि देशव्यापी राष्ट्रिय जागरण भन्ने नारा सहित २८ औ विश्व आदिवासी दिवस यहि साउन २४ गते मनाउन गइरहेका छ्न । नवलपरासी जिल्लाको भुमहिमा रहेको दि नेचर रे रिभर भ्यू रिर्सोटमा कार्यक्रम हुने अध्यक्षले रानाले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२२-०८-०७ , समय : २१:४२:४८ , २ वर्ष अगाडि