रुपन्देही खबर , १०८ पटक हेरिएको

भैरहवा, जेठ २४
रूपन्देही जिल्लाकै गरिमामय शैक्षिक प्रतिष्ठान लुम्बिनी शिक्षा निकेतन मायादेवी–४ रूपन्देहीले शुक्रवार तहगत रुपमा बिभिन्न कार्यक्रमहरु लगायत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य नामदेव अर्यालको अध्यक्षतामा शुक्रबारीय कार्यक्रम अन्तर्गत तहगत रुपमा बिभिन्न कार्यक्रमहरु संगै आधारभूत तह (कक्षा ३–५) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । हाजिरी जवाफ प्रतियोगिताको उदघाटन गर्नु हुदै विद्यालयका प्राचार्य अर्यालले ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको बताउदै बिद्यालयको अतिरिक्त गतिविधिबाट विद्यार्थीको अध्ययनमा सुधार हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
कक्षा ३–५ सम्मका ५५ जना विद्यार्थीहरुको सहभागीता रहेको हाजिरी जवाफ प्रतियोगिता लिखित रूपमा सञ्चालन गरिएको थियो भने प्रतियोगिताको नतिजा आइतवार प्रकाशन गरिने बिद्यालय स्रोतले जनाएको छ ।
विद्यालयका प्राचार्य नामदेव अर्यालको अध्यक्षता तहगत रुपमा भएका बिभिन्न कार्यक्रमहरुमा पुर्व प्राथमिक तहमा ज्ञानवर्धक चलचित्र प्रदर्शन संयोजक शिक्षक शशी यादव, कक्षा १ र २ मा सांगीतिक दौड संयोजक शिक्षक कविता लम्साल , कक्षा ३–५ मा हाजिरी जवाफ प्रतियोगिता संयोजक शिक्षक राजेन्द्र प्रसाद पन्थी, कक्षा ६–१० सम्म छेलो फाल्ने (शट फुट) संयोजक श्याम मोहन यादव लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन शिक्षक राजेन्द्र प्रसाद पन्थीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : ११:५२:५२ , १२ घन्टा अगाडि