असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : मन्त्री पन्त

रुपन्देही खबर , ५७  पटक हेरिएको

काठमाण्डाै,जेठ २४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० आउँदो असार १५ गतेसम्ममा सङ्घीय संसद्काे प्रतिनिधिसभाबाट पाश हुने दाबी गर्नुभएको छ । प्रारम्भिक बाल विकासका लागि सङ्घीय सांसदहरूको सहकार्य र समन्वय समूहले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा शिक्षामन्त्री पन्तले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको दाबी गर्नुभयो ।

शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन भएर आउँदो असार १५ गतेसम्म प्रतिनिधिसभाबाट पारित हुने भन्दै उहाँले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो । शिक्षकसँग भएको नौ बुँदे सहमति आउँदो साउनदेखि लागू हुने मन्त्री पन्तको भनाइ छ ।

प्रकाशित मिति: २०२५-०६-०७ , समय : २१:१४:०७ , ६ घन्टा अगाडि