रुपन्देही खबर , १२३ पटक हेरिएको

काठमाण्डौ,जेठ २५
यूईएफए नेसन्स लिगको उपाधिका लागि आज राति पोर्चुगल र स्पेन खेल्दैछन् । खेल जर्मनीको म्युनिखमा रहेको एलियान्ज एरिनामा नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । सेमिफाइनलमा पोर्चुगलले घरेलु टोली जर्मनीलाई २–१ गोलले र स्पेनले फ्रान्सलाई ५–४ गोलले हराउँदै उपाधि नजिकै पुगेका हुन् । त्यसअघि आजै जर्मनी र फ्रान्स तेस्रो स्थानका लागि खेल्दैछन् ।
प्रकाशित मिति: २०२५-०६-०८ , समय : १५:२६:५९ , ३ हप्ता अगाडि