रुपन्देही खबर , २६२ पटक हेरिएको

भैरहवा, जेठ २६
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न. ५ को आयोजनामा आज देखि ३ दिने उद्घोषण तथा भाषण कला तालिम शुरु भएको छ । सिनपा वडा न. ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा समाजसेवी नारायण प्रसाद अग्रवालले तालिम महत्वपुर्ण भएको बताउनु भयो । उहांले सिकेका कुरा व्यवहारमा उतार्न सबैमा आग्रह गर्नुभएको छ ।
कार्यक्रममा वडा न.१३ का अध्यक्ष सोम बहादुर गुरुगं,समाजसेवी आनन्द प्रसाद गुप्ता,उद्योग व्यापार संगठन रुपन्देहीका सचिव गौतम गुप्ता,शिक्षक टिकाराम भट्राई,प्रशिक्षक शंकर पाण्डे लगायतले बोल्दै तालिम व्यवहारिक र आवश्यक रहेको बताउनु भएको थियो । वडा न. ५ का सदस्य सरस्वती श्रेष्ठको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन वडा सदस्य विनित बेरिवालले गर्नुभएको थियो । तालिममा ३० जनाको सहभागिता रहेको छ ।
प्रकाशित मिति: २०२५-०६-०९ , समय : २१:५८:४५ , ५ दिन अगाडि